जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक

विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक

ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक गरेको छ । म्यागेजिनले विश्वका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड प्रदान गर्दै ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४’सार्वजनिक गरेको हो ।
गभर्नरहरुलाई उत्कृष्ठताका आधारमा ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेड प्रदान गरिएको छ । ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड सन् १९९४ देखि वार्षिक रुपमा प्रकाशन गर्न थालिएको थियो । जसमा विश्वका १०० प्रमुख देशका केन्द्रीय बैंक, विभिन्न क्षेत्र, युरोपेली युनियन,इस्टर्न क्यारिबयन सेन्ट्रल बैंक,बैंक अफ सेन्ट्रल अफ्रिकन स्टेट र सेन्ट्रल बैंक अफ अफ्रिकन स्टेटका गभर्नरहरुलाई ग्रेड प्रदान गर्ने गरिन्छ ।
गभर्नरहरुलाई मुद्रास्फिती नियन्त्रण, आर्थिक वृद्धिको लक्ष्य,मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनका आधारमा ए प्लसदेखि एफसम्म ग्रेड प्रदान गरिन्छ । ग्रेडअनुसार ए भनेको उत्कृष्ठ प्रदर्शन गर्ने र एफ भनेको असफल भएको मानिने गर्छ ।

‘विश्वका केन्द्रीय बैंकहरु विगतका केही वर्षदेखि उच्च ब्याजदरको हतियार प्रयोग गरेर मुद्रास्फितीसँगको लडाईमा होमिएका छन् । जसको परिणाम देखिन थालेको छ । अहिले मुद्रास्फिती घटिरहेको छ,’ ग्लोबल फाइनान्सका संस्थापक तथा सम्पादक जोसेफ गियारापुटोले बताए ।

ग्लोबल फाइनान्सका अनुसार डेनमार्कको केन्द्रीय बैंकका गभर्नर क्रिष्टियन केटल थोम्सेन, भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास र स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोम्सन जोर्डनले ए प्लस अर्थात उच्च ग्रेड पाएका छन् ।

यस्तै ब्राजिकका गभर्नर रोबर्टो काम्पोस नेटो, चिलिका रोस्साना कोस्टा,मौरिससका हर्भेस कुमार सिगोलाम,मोरेक्कोका अब्देलातिफ जौआरी, दक्षिण अफ्रिकाका लेसेत्जा ग्याङग्यो,,श्रीलंकाका नन्दलाल विरासिङ्गे र भियतनामका एनगुएन थी होङले ए ग्रेड पाएका छन् ।

अमेरिकी केन्द्रीय बैंकका गभर्नर जेरेमी हेडेन पावेलले भने ए माइनस ग्रेड प्राप्त गरेका छन् । कम्बोडिया, क्यानडा, कोस्टारिका, डोमिनिकन रिपब्लिक, युरोपियन युनियन, ग्वाटेमाला,इन्डोनेशिया, जमैका,जोर्डन,मंगोलिया,नर्वे,पेरु,फिलिपिन्स र स्वीडेनको केन्द्रीय बैंकका गभर्नरहरुले ए माइनस ग्रेड पाएका छन् ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?