
बैंकहरूको आधारदर पुनः घटेको छ । साउनको तुलनामा भदौमा औषत ०.२५ प्रतिशतले आधारदर घटेको हो । भदौका लागि औषत आधारदर ७.९२ प्रतिशत भएको छ । आधार दर कम हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । ऋणको ब्याजदर तय गर्दा आधारदरमा प्रिमियम जोडिन्छ ।
अहिले २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधारदर ६.२२ प्रतिशत छ भने दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यसको आधारदर ६.६६ प्रतिशत रहेको छ । अहिलेको अवस्थामा अन्य बैंकभन्दा यी दुई बैंकबाट ऋण लिँदा कम ब्याजदर पर्ने देखिन्छ ।
यस्तै सबैभन्दा बढी आधारदर एनआइशी एशिया बैंकको छ । अन्य बैंकभन्दा यो बैंकको ऋणको ब्याजदर महंगो पर्ने देखिन्छ । यसको आधारदर नै ९.२२ प्रतिशत छ । यस्तै कुमारी बैंकको पनि तुलनात्मक रूपमा महंगो व्याजदर छ । यसको आधारदर ८.९० प्रतिशत रहेको छ ।
हेर्नुहोस् सूची
| आधार दर | ||
| बैंक | भदौको आधार दर(प्रतिशतमा) | साउनको आधार दर(प्रतिशतमा) |
| राष्ट्रिय वाणिज्य बैंक | ६.६६ | ७.०१ |
| कृषि विकास बैंक | ७.९६ | ८.१८ |
| नबिल बैंक | ७.४२ | ७.६२ |
| एभरेष्ट बैंक | ७.२९ | ७.४५ |
| ग्लोबल आइएमइ बैंक | ७.७७ | ८.०३ |
| सिद्धार्थ बैंक | ७.९३ | ८.२० |
| प्रभु बैंक | ७.९५ | ८.२० |
| एनएमबी बैंक | ७.९८ | ८.४२ |
| सिटिजन्स बैंक | ८.४२ | ८.५७ |
| माछापुच्छ्रे बैंक | ८ | ८.२६ |
| नेपाल एसबिआइ बैंक | ८.११ | ८.३० |
| लक्ष्मी सनराइज बैंक | ८.३९ | ८.७० |
| हिमालयन बैंक | ८.५३ | ८.९१ |
| प्राइम कमर्सियल बैंक | ८.५७ | ८.७७ |
| कुमारी बैंक | ८.९० | ९.२३ |
| स्ट्याण्डर्ड चार्टड बैंक | ६.२२ | ६.३८ |
| एनआइसी एसिया बैंक | ९.२२ | ९.२४ |
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































