जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बजाजको नयाँ पल्सर एनएस २०० बाइकको बिक्री सुरु

बजाजको नयाँ पल्सर एनएस २०० बाइकको बिक्री सुरु

नेपाली बजारमा बजाजको नयाँ पल्सर एनएस २०० मोटरसाइकलको बिक्री सुरु भएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर एनएस २०० बाइकको बिक्री सुरु गरेको हो। पहिले नै युवाहरुको रोजाइमा परेको बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहित पूर्ण डिजिटल कन्सोलको साथमा आएको कम्पनीले जनाएको छ।

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन रहेको कम्पनीको दाबी छ। यसमा रहेको ट्रिपल स्पार्क फोर भल्भ इन्जिनले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ।

बाइकको मुख्य विशेषता ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट र इन्धन खपतको डेटा हुन्छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको माग अनुसार नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० बाइक भित्र्याएको बताए। यो बाइकको मूल्य ४ लाख ४४ हजार ९०० रुपैयाँ छ। ग्राहकले बजाजका शोरुमबाट बाइक खरिद गर्न सक्नेछन्।

3560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका