जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइजिआई प्रुडेन्सियलका युगेश भक्त वादे श्रेष्ठ निर्जीवन बीमा क्षेत्रका दुरदर्शी सिईओका रुपमा सम्मानित

आइजिआई प्रुडेन्सियलका युगेश भक्त वादे श्रेष्ठ निर्जीवन बीमा क्षेत्रका दुरदर्शी सिईओका रुपमा सम्मानित

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ युगेश भक्त वादे श्रेष्ठलाई नेपाली निर्जीवन बीमा क्षेत्रका दुरदर्शी प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रुपमा सम्मान गरिएको छ ।

सिईओ श्रेष्ठलाई निर्जीवन बीमा क्षेत्रबाट भिजनरी सिईओको रुपमा एयिशन प्रोफेशनल एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । बीमा क्षेत्रमा दीगो रणनीतिक कार्ययोजना तय गरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट नतिजा प्रदान गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सिईओ श्रेष्ठले उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

2990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका