जोडिनुहोस
मङ्लबार, अशोज ८, २०८१
मङ्लबार, अशोज ८, २०८१
  • होमपेज
  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाची शाखाद्वारा मृतक बिमितको परिवारलाई दुर्घटना मृत्यु बापतको दाबी रकम हस्तान्तरण गरेको छ । अर्घाखाची जिल्लाको पाणिनी गाउपालिका निवासी कृष्ण बहादुर जिसिले केहिवर्ष अघि हिमालयन लाइफ इन्स्योरेन्समा १ लाख ५ हजारको जीवन बिमा गरेका थिए । निज जिसिको कहि महिना अघि घर नजिकै रुखबाट लडेर उपचारको क्रममा मृत्यु भएको थियो ।

शाखा कार्यालयमा बिमितको हकवाला तथा श्रीमति साबित्रा घर्तिलाई शाखाका प्रमुख दिनेश सुनारले २ लाख ६३ हजार ८ सय ६५ बराबरको चेक रकम हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण गर्दै शाखा प्रमुख दिनेश सुनार विकल्पले स्वर्गिय कृष्ण बहादुर जिसिको आत्मशान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो सवेदना प्रकट गर्दै जीवन बिमा आफ्नो जीवन रहदा आफुलाई र जीवन नरहदा आश्रीत परिवारको जिविका स्रोत बन्ने भएकोले आम नागरिक जीवन बिमाको अभियानमा जोडिनु पर्ने बताउनु भएको थियो ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका