जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • जीवन बीमा कम्पनीहरूको जीवन बीमा कोष १७ प्रतिशतले बढ्यो, नेपाल लाइफको सबैभन्दा धेरै

जीवन बीमा कम्पनीहरूको जीवन बीमा कोष १७ प्रतिशतले बढ्यो, नेपाल लाइफको सबैभन्दा धेरै

आर्थिक वर्ष २०८२/८३ सम्ममा नेपालका जीवन बीमा कम्पनीहरूको जीवन बीमा कोष गत वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ। यस वृद्धिसँगै बीमा कोषमा कुल ९ खर्ब ४ अर्ब रुपैयाँ संचित भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँ मात्र रहेको थियो।

कोषको वृद्धिदरका आधारमा आइएमई लाइफ, सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफ अग्रस्थानमा देखिएका छन्। गत वर्षको तुलनामा आइएमई लाइफको बीमा कोष सबैभन्दा बढी ४२ प्रतिशतले बढेको छ। त्यस्तै, सिटिजन लाइफको ३६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ३२ प्रतिशतले वृद्धि भएको छ।

यस सूचीमा राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा पछाडि रहेको छ, जसको बीमा कोषमा ६७ अर्ब रुपैयाँ मात्र संचिति छ। तर, कोषको कुल रकमको आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा कायमै छ। नेपाल लाइफको बीमा कोषमा कुल २ खर्ब ६५ अर्ब रुपैयाँ रकम संचित रहेको छ।

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका