जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकले आवेदन नपरेको करिब डेढ लाख कित्ता हकप्रद सेयर लिलामीबाट बिक्री

नारायणी डेभलपमेन्ट बैंकले आवेदन नपरेको करिब डेढ लाख कित्ता हकप्रद सेयर लिलामीबाट बिक्री

नारायणी डेभलपमेन्ट बैंकले चैत १० गतेदेखि १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ। नारायणी डेभलपमेन्ट बैंकले आवेदन नपरेको संस्थापक तर्फको एक लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६५१ कित्ता सेयर लिलामी बढाबढ गरि बिक्रि खुला गर्ने जनाएको छ। 

चैत १० गतेदेखि सेयरको नियूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल पक्रियामा सहभागी हुन सकिनेछ। आवेदन दिने अन्तिम दिन चैत १७ गतेसम्म हो। 

बोलपत्रमा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकका विभिन्न शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ ।

यसअघि नारायणी डेभलपमेन्ट बैंकले पुस ७ गतेदेखि माघ १२सम्मका लागि आफ्ना सेयरधनिहरुका लागि हकप्रद निष्काशन गरेको थियो। बैंकले कायम १ कित्ता शेयरधनिहरुलाई नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। 

बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको हो।

हाल १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ।

3515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका