जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • हवाई बीमामा सुरक्षा रणनीति बनाउने योजनामा बीमा प्राधिकरण

हवाई बीमामा सुरक्षा रणनीति बनाउने योजनामा बीमा प्राधिकरण

नेपाल बीमा प्राधिकरणले हवाई बीमा सम्बन्धी सुरक्षा रणनीति बनाउने योजना बनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित एउटा कार्यक्रम ‘एभिएशन रिस्क म्यानेजमेन्ट कन्क्लेभ’मा बोल्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हवाई क्षेत्रको बीमालाई व्यवस्थित गर्न रणनीतिको आवश्यकता महसुस गरिएको बताएका थिए ।

उनका अनुसार बीमा नियामकका हिसाबले प्राधिकरणले स्थिर र प्रभावकारी इन्स्योरेन्स फ्रेमवर्क बनाउन अति आवश्यक रहेको महसुस गरेको छ । यसले 

 आगामी दिनमा उड्डयन सुरक्षाको प्रवर्द्धन गर्दै अन्तरराष्ट्रिय मापदण्ड तयार गर्न सहयोग पुरयाउने छ । उनका अनुसार यसका लागि अन्तरराष्ट्रियस्तरको गाइडलाइन बनाएर सुरक्षाको प्रत्याभूति गर्न सकिन्छ ।

उक्त कार्यक्रममा उनले हवाई बीमा बहुआयामिक भएको भन्दै नेपालजस्तो देशमा भौगोलिक र संरचनागत जोखिम रहेको बताए । उनले बीमा व्यवसायमा विश्वव्यापी महामारी, ‘साइबर थ्रेट’, वातावरणीय प्रभाव, जलवायु परिवर्तन मुख्य चुनौती रहेको भन्दै जोखिमहरूबारे गम्भीर छलफल आवश्यक भइरहेको पनि बताए । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले आयोजनामा गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्रीले उड्डयन क्षेत्रको योगदान अर्थतन्त्रमा महत्त्वपूर्ण रहेको भन्दै यसको विकासमा लागि बीमाको महत्त्व रहेको बताए । उनले भने,  ‘नेपालको पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा ६.७ प्रतिशतको योगदान गरेको छ । यसको मुख्य कारण सुरक्षित उडान नै हो, यसमा बीमा कम्पनीहरूको पनि भूमिका छ ।’

साथै उनले  बीमाले दुर्घटनाको न्यूनीकरणमात्रै नभएर बलियो शाख र प्रतिबद्धता अघि बढाउन पनि कम्पनीहरूले लामो समयसम्म हवाई कम्पनीसँग साझेदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘यो सम्मेलन उड्डयन जोखिम व्यवस्थापनका लागि आवश्यक रणनीति बनाउन महत्त्वपूर्ण छ,’ उनले भने, ‘यसले हाम्रो आकाश सुरक्षित रहेको र हाम्रो उड्डयन परीक्षण बलियो रहेको प्रमाणित गर्दै देशको अर्थतन्त्रलाई थप टेवा दिन मद्दत मिल्छ र यसले अन्तरराष्ट्रियस्तरमा शाख पनि बढाउनेछ ।’  कार्यक्रममा हवाई सुरक्षा सम्बन्धी अवधारणागत छलफल भएको सम्मेलनमा डा नरेन्द्र नतेजाले कार्यपत्र प्रस्तुत गरेका थिए । 

गत साउन २३ गते नुवाकोटको सुर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) मा  भएको थियो । 

स्रोतका अनुसार दुर्घटनामा परेको उक्त हेलिकप्टरको बीमा १८ करोड रुपैयाँ बराबरको थियो, भने प्रति यात्रूहरूको बीमा २० हजार अमेरीकी डलर र  पाइलटको १ लाख डलरको बीमा  थियो ।हेलिकप्टर वा अन्य बीमानमा कार्गो अथवा कुनै सामग्रीमा क्षति भएको छ भने पनि बीमा कम्पनीले क्षतिको विवरण हेरेर दाबी भुक्तानी दिनु पर्दछ ।

साथै हेलिकप्टर दुर्घटना हुँदा तेस्रो पक्षलाई पनि क्षति भएको छ भने त्यसको दायित्व पनि बीमा कम्पनीले बेहोर्नु पर्दछ । तर, कार्गो र तेस्रो पक्षको क्षतिको विवरण भने सर्भेयरले सर्भे गरेपछि मात्रै यकिन तथ्याङ्क आउँछ  । हुन त उक्त बीमा दाबी भुक्तानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दायित्व भने न्यून रह्यो । बीमा कम्पनीको दायित्य  कम र बाँकी भुक्तानी दायित्य पुनर्बीमा कम्पनीहरूले बेहोर्नुपर्ने हुन्छ ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै