जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • किशोर प्रधानलाई ३० जिल्लानगर अध्यक्षको सामूहिक समर्थन

किशोर प्रधानलाई ३० जिल्लानगर अध्यक्षको सामूहिक समर्थन

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई एकै दिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । जनकपूरमा आयोजितका र्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र उनको समुहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोही अनुसार निर्णय गरिएको बताए ।

आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्लानगरका अध्यक्षहरुले किशोर प्रधानलाई महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिबद्ध भएर कामगर्ने वाताबरण बनाउनप्रधानलाई जिताउने निर्णय भएको शाहले बताए ।

कार्यक्रमका सहभागिहरुले गोल्छाको नेतृत्वबाट सबलमहासंघ चाहनेले प्रधान समूहलाई बिजयी गराउनुपर्ने भन्दै ६ वर्षे कार्यकालतयार गरी निर्धक्कभएर कामगर्ने वाताबरण बनाउनकालागिपनिप्रधानलाई जिताउनु पर्ने जिल्लानगरका अध्यक्षहरुको भनाई छ । 

प्रदेश १ र २ को कुलमतमध्ये ९९ प्रतिशत मतप्रधान पक्षले पाउने प्रदेशनम्बर २ का अध्यक्ष शिव शंकर शाहले बताए । कार्यक्रममा प्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्ला नगरमा जनकपूरधाम उद्योग वाणिज्य संघ (ललितशाह, अध्यक्ष), धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जु कुमार कोजु, अध्यक्ष) रहेका थिए ।

सप्तरी उद्योग वाणिज्य संघ (अरुण कुमार प्रधान, अध्यक्ष),उद्योग वाणिज्य संघ, मलङ्गवा,उद्योग वाणिज्य संघ, सर्लाही (वीरेन्द्र प्रसाद शाह, अध्यक्ष), गौशाला उद्योग वाणिज्य संघ (रामराजा प्रसाद शाह, अध्यक्ष),जलेश्वर उद्योग वाणिज्य संघ (कृपाशंकर शाह, अध्यक्ष), महोत्तरी उद्योग वाणिज्य संघ (मोहनप्रसाद गुप्ता, अध्यक्ष),वीरगञ्ज उद्योग वाणिज्य संघ (गोपाल केडिया, अध्यक्ष),इनरुवा उद्योग वाणिज्य संघ (वीरेन्द्र शाह, अध्यक्ष),जाजरकोट उद्योग वाणिज्य संघ (कर्ण बहादुर खत्री, अध्यक्ष), सुर्खेत उद्योग वाणिज्य संघ (धनबहादुर रावत, अध्यक्ष) लगायत छन् ।

यस्तै उदयपूर उद्योग वाणिज्य संघ (पुष्कर खड्का, अध्यक्ष), मकवानपुर उद्योग वाणिज्य संघ, लाहान उद्योग वाणिज्य संघ, सिराहा उद्योग वाणिज्य संघ (प्रमोद कुमार पोहार, अध्यक्ष) रधनकुटा उद्योग वाणिज्य संघले पनिप्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् ।

चरिकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्र बहादुर श्रेष्ठ, अध्यक्ष),उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी, अध्यक्ष),दमकउद्योग वाणिज्य संघ (गोकुलश्रेष्ठ, अध्यक्ष), मेचीउद्योग वाणिज्य संघ –ऋषी तिम्सिना, अध्यक्ष),कपिलबस्तु उद्योग वाणिज्य संघ, (यज्ञ प्रसाद भट्टराई, नि. अध्यक्ष), उद्योग संगठन मोरङ,मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई बिजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

रौतहत र बर्दिबास जिल्ला उद्योगा वाणिज्य संघले पनि प्रधानलाई सघाउने प्रतिवद्धता जनाएका छन् ।  काठमाडौँ उद्योग वाणिज्य संघबाट भने अध्यक्षदिनेश श्रेष्ठ महासंघको जिल्लानगर उपाध्यक्षमाउम्मेद्वार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।

समर्थन जनाएका सबै जिल्ला नगरका अध्यक्षहरुले महासंघमा २८ वर्ष लामो सेवा गरेर हासिल गरेको अनुभवलाई कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्ने काममा प्रयोग गर्ने लक्ष्यका साथ आफूहरुले किशोर प्रधान र उनको समूहलाई समर्थन गरेको बताएका छन् । उनीहरुको कुरा सुनेपछि वरिष्ठ उपाध्यक्षकाउम्मेद्वार प्रधानले आफूप्रति साना तथा मझौला सहित ठूला व्यवसायीको विश्वास बढेर गएका कारण विश्वास नतोड्ने बचनबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफु जिल्लानगरबाट नै महासंघको नेतृत्वमा पुग्नलागेकाले जिल्ला नगरतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए । आफू जिल्ला नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहलकदमी लिनआफुले मात्र सक्ने उनको भनाई थियो । महासंघलाई नयाँ उचाई दिनका लागि जिल्लादेखि नै काम गर्दै जानु पर्ने बताएका प्रधानले आफु त्यसको एक मात्र विकल्प भएको बताएका थिए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुह समर्थक जिल्ला नगरका प्रतिनिधि तथा मतदाताहरुको प्रतिबद्धता कार्यक्रमलाई जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको हो ।प्रधान समुह अन्य जिल्लाका प्रतिनिधिसँगको भेटघाटको अभियानमा देशव्यापी भ्रमणमा छ ।

3910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका