जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बैंकहरुमा रु. ८७ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. ८७ करोड लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरुमा ८७ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको उक्त रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ६९ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १३ करोड ५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४ करोड ३५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले असोज १८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक ४ गतेदेखि २०८२ वैशाख ६ गतेसम्म १८१ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

1935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका