जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • दशैंमा सिप्रदीले बेच्यो टाटाका ७५१ वटा गाडी, पन्च ईभी नै ३७७ वटा डेलिभर

दशैंमा सिप्रदीले बेच्यो टाटाका ७५१ वटा गाडी, पन्च ईभी नै ३७७ वटा डेलिभर

यसपालिको दशैंमा टाटाका कुल ७५१ गाडी ग्राहकलाई डेलिभरी गरिएको छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ गाडी नेपाली बजारमा डेलिभरी गरेको हो । यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ्ग लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।

टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्रि भएको मोडल हो । यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । विशेषगरी महिला र पहिलो गाडी लिन खोज्ने ग्राहकको पहिलो रोजाईमा यो कार पर्न सफल भएको छ । टियागो ईभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर ईभीको १० युनिट र आईसीई गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । यो दशैंमा एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टीको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कार डेलिभर गरेको छ ।

यसको साथै दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ । साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?