जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई काठमाडौंबाट पक्राउ गरी सर्लाही लगिएको छ ।

उनलाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।

सञ्चालक अग्रवाललाई सर्लाही पुर्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले पुष्टि गरे।

उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको जानकारी समेत दिए।

उनका अनुसार सर्लाही प्रहरीको पत्राचारकै आधारमा अग्रवाललाई काठमाडौँमा पक्राउ गरिएको थियो ।

अग्रवालविरुद्ध १७ करोड रुपैयाँ माग दाबी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए । सो मध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ तिरिसकेको बताइएको छ ।

“अग्रवाल पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ”, प्रहरी उपरीक्षक राठौरले भने “काठमाडौँमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको हो।”

उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौँसम्म पुगेर आन्दोलनसमेत गरेका थिए ।

त्यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि किसानका रकम प्रदान गर्ने प्रक्रिया शुरु भएको  थियो

5130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका