जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रभु बैंकबाट अन्जन श्रेष्ठसहित ९ जना बाहिरिदैँ

प्रभु बैंकबाट अन्जन श्रेष्ठसहित ९ जना बाहिरिदैँ

एकैपटक ९ जना संस्थापक सेयरधनीले प्रभु बैंकको सेयर बिक्रीमा राखेका छन् । बैंकका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

९ जना संस्थापकको स्वामित्वमा रहेको बैंकको ३ लाख ६९ हजार ८५ कित्ता सेयर बिक्रीमा राखिएको हो । जसमध्ये नबल किशोर राजभण्डारीको नाममा रहेको ८६ हजार ४६६ कित्ता, बीरेन्द्र रावलको १ हजार ५५२ कित्ता, प्रवीन अग्रवालको १ लाख ७ हजार २२० कित्ता, कुमार पौडेलको ३२ हजार ३ सय कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यस्तै अन्जन श्रेष्ठको १६ हजार ५१९ कित्ता, दिनेश अर्यालको ३५ हजार ७२१ कित्ता, गंगाराम महर्जनको २४ हजार ७०३ कित्ता, तान्या अधिकारीको १५ हजार ९६२ कित्ता र सन्ध्या थापा क्षेत्रीको ४८ हजार ६४२ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका