जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंकिङ कसुर मुद्धामा फरार रहेका अर्याल पक्राउ

बैंकिङ कसुर मुद्धामा फरार रहेका अर्याल पक्राउ

नक्कली बैंकर बनेर बैंकमा राखिएको जग्गाको कारोबार गर्ने ४४ बर्षीय केदार अर्याललाई प्रहरीले पक्राउ गरेको छ । पम्मी देवानको हजुरआमाको झापा दमकमा भएको ३ बिगा जग्गा ग्लोबल आई.एम.ई बैंकमा रहेकोमा बैंककै प्रतिनिधि बताई प्रलोभनमा पारी कारोबार गरेकोमा बैंकिङ कसुर मुद्धामा फरार रहेका अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी अन्य थुप्रै मुद्धामा समेत अदालतबाट दोषी ठहर भई फरार थिए । बैंकिङ कसुरमा पनि विभिन्न मुद्धा खेपीरहेका उनी काठमाण्डौं जिल्लामा नेपाल टेलिकमको पत्रमा केरमेट गरी मिति र अंकहरु फेरबदल गरी विश्वासघात गरेकोमा लिखत सम्बन्धी कसुरमा समेत फरार थिए ।

प्रहरीका अनुसार झापाका प्रसाद प्रसाईको लेनदेन मुद्धामा झापा जिल्ला अदालतबाट उनीविरुद्ध ८४ लाख बिगो र २ (दुई) बर्ष कैदको फैसला भएको थियो ।

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका