जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • एप्पलका ग्याजेट नेपाल भित्र्याउने जेनेरेसन नेक्स्ट कम्युनिकेसनको व्यापारमा सुधार

एप्पलका ग्याजेट नेपाल भित्र्याउने जेनेरेसन नेक्स्ट कम्युनिकेसनको व्यापारमा सुधार

विश्व विख्यात प्रविधिसम्बन्धी कम्पनी एप्पलका ग्याजेटहरु नेपालमा आधिकारिक रुपमा बिक्री गर्ने एक मात्र बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिको व्यापारमा झन्डै दुई गुणाको बृद्धि भएको छ ।

सन् २०२३ को तुलनामा जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिको व्यापारमा झन्डै दोब्बर बृद्धि भएको हो ।

सन् २०२१ मा जेनेरेसन नेक्स्ट कम्युनिकेसनले १ अर्ब ९५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा यसको व्यापारमा बृद्धि भएर ३ अर्ब ५७ करोड १० लाख रुपैयाँको व्यापार भएकोमा सन् २०२३ मा भने व्यापारमा गिरावट भएर यसले २ अर्ब २१ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

सन् २०२२ मा ३ अर्बको व्यापार गरेको यो कम्पनीको सन् २०२३ मा व्यापारमा कमि हुनुको कारण भने सरकारी नीति थियो ।

सरकारले सन् २०२२ को अप्रिलबाट सन् २०२२ को मध्य डिसेम्बरसम्म मा ३ सय अमेरिकी डलरभन्दा धेरै मुल्यको मोबाइल फोनको आयातमा प्रतिबन्ध लगाएको थियो । जसकारण जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिको व्यापारमा पनि यसले असर गरेको थियो र व्यापारमा पनि भारी गिरावट आएको थियो ।

सरकारले लगाएको प्रतिबन्ध हटाएसँगै यसको व्यापारमा भने सुधार आएको छ । सन् २०२४ मा यसको व्यापारमा उच्च बृद्धि देखिएको छ । सन् २०२४ मा यसले ४ अर्ब ३२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१० मा स्थापना भएको जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि नेपालमा एप्पलका सामग्री बेच्ने एक मात्र आधिकारिक बितरक हुनुका साथै डेल कम्पनीका सामग्री नेपालमा आधिकारिक रुपमा बेच्ने तीन कम्पनीमध्येको एक हो ।

यो कम्पनीले नेपालभरमा दुई कार्यालय तथा उपभोक्ता सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ भने देशका प्रमुख शहरमा यसको वितरण नेटवर्क रहेको छ ।

यो कम्पनीको स्वामित्वको कुरा गर्दा जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि भिमशरिया समूहको अंशको रुपमा रहेको छ र यसको प्रबन्ध निर्देशकमा पवन कुमार भिमशरिया रहेका छन् ।

हालका लागि भने यो कम्पनीले १ अर्ब ८६ करोड ३ लाख रुपैयाँको कर्जा सुविधा लिने भएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिलाई १ अर्ब ८६ करोड ३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर प्लस रेटिङ दिएको छ ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?