जोडिनुहोस
शनिबार, कार्तिक १०, २०८१
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राष्ट्रबैंकले यो वर्ष धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

राष्ट्रबैंकले यो वर्ष धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

तिहारअघि आउने धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान भित्र्याउने चलन नेपालमा समेत तीव्र रुपमा बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्रबैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिनहरु समेत तोकिदिएको छ ।
नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक सूचना जारी गर्दै सुनको असर्फी र चाँदीका स्मारिका तथा मेडालियन खरीद गर्न पाइने दिन र समयको सूची सार्वजनिक गरेको हो । जसअनुसार सुनको असर्फी यो वर्ष एकदिन मात्र खरीद गर्न पाइनेछ । केन्द्रीय बैंकसँग रहेको मौज्दात असर्फी २.५ ग्राम प्रति व्यक्ति एकथानका दरले पहिलो आउनेलाई प्राथमिकताको नीतिअनुसार कात्तिक १३ गते(धनतेरस)को दिन बिहान ११ बजेदेखि बिक्री खुल्ला हुनेछ । मौज्दात कायम रहेमा अपरान्ह ४ बजेसम्म सुनका असर्फी खरीद गर्न पाइनेछ ।

चाँदीको स्मारिका तथा मेडालियन चाहिँ कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म(गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राममध्येबाट) बिक्री गरिनेछ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरीदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्ने भनिएको छ ।

असर्फी वा मेडालियन खरीदका लागि नगद वा क्यूआरमार्फत समेत भुक्तानी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका