जोडिनुहोस
शुक्रबार, कार्तिक ९, २०८१
शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  •  रविले पनि अरुले जस्तै सजाय खेप्नुपर्छ : प्रधानमन्त्री

 रविले पनि अरुले जस्तै सजाय खेप्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् ।

‘सहकारीमा जुन काम गर्नु भएको छ (रवि लामिछानेबाट), त्यस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

ती नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए । ‘रवि लामिछानेको नामै त लिनुभएन, तर समान प्रकृतिको मुद्दामा अरुलाई जस्तो कारबाही भइरहेको छ, रवि लामिछानेलाई पनि त्यस्तै हुने बताउनुभयो’, उनले भने ।

प्रधानमन्त्रीको निर्णयमा सत्ता साझेदार अरु कुनै नेताका पनि फरक मत भएन । त्यसपछि सत्ता साझेदार दलहरुको संयुक्त बैठकमा यो विषय समावेश गरिएको उनी बताउँछन् ।

बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।

‘पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन्’ बक्तव्यमा भनिएको छ, ‘भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन बिपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ ।’

सँगै सत्तारुढले संसदीय छानबीन समितिका सबै सुझाव र निर्देशन कार्यान्वयन गर्ने विश्वास पनि दिलाएको छ । ‘सहकारी सम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ’, बक्तव्यमा भनिएको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका