जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकले घोषणा गर्यो लाभांश

प्राइम कमर्सियल बैंकले घोषणा गर्यो लाभांश

प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका