जोडिनुहोस
बुधबार, कार्तिक १४, २०८१
बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • १७ वाणिज्य बैंकका खराब कर्जा बढ्यो, सबैभन्दा बढि हिमालयन बैंक ५.८४ प्रतिशत, दोस्रो लक्ष्मी सनराईज ५.४४ प्रतिशत तेस्रो सिटिजन्स बैंक इन्टरनेशनल ५.४१ प्रतिशत किन बोल्दैन राष्ट्र बैंक

१७ वाणिज्य बैंकका खराब कर्जा बढ्यो, सबैभन्दा बढि हिमालयन बैंक ५.८४ प्रतिशत, दोस्रो लक्ष्मी सनराईज ५.४४ प्रतिशत तेस्रो सिटिजन्स बैंक इन्टरनेशनल ५.४१ प्रतिशत किन बोल्दैन राष्ट्र बैंक

५ प्रतिशत भन्दा बढि हिमालयन बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र लक्ष्मी सनराईज बैंकको खराब कर्जा भएपनि निकम्बा राष्ट्र बैंक र त्यसको नेतृत्व किन बोल्दैन । यो चाहि खोजीकै विषय बनेको छ । राष्ट्र बैंकले ५ प्रतिशत भन्दा बढि खराब कर्जा भएको बैंक र वित्तिय संस्थालाई हस्तक्षेप गरि सुधार गर्न सक्ने कानुन भएपनि किन कारवाही गर्दैन । के नेपालमा जे पनि गर्न पाइने हो ? कहाँ छ अर्थमन्त्रालय, अर्थमन्त्री किन बोल्दैनन् ? गभर्नरलाई जे गर्न पनि छुट छ ? कानून भन्दा माथी कोही पनि छैन गभर्नर साब हिजो ग्राण्ड बैंकलाई कारवाही गयो । आज ५ प्रतिशत भन्दा बढि खराब कर्जा भएका यी बैंकलाई किन हुँदैन कारवाही ? हेक्का होस् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये १७ बैंकहरुको निष्क्रिय कर्जा बढेको देखिन्छ । यस्तै तीन बैंकको कर्जाको अवस्था भने यो सुधारिएको छ । विवरणअनुसार तीन बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । सबैभन्दा धेरै हिमालयन बैंकका ५.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको ५.४१ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ । तर निकम्मा राष्ट्र बैंक बोल्दैन । कारण के हो ? त्यस्तै, ४ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकको संख्या ९ रहेको छ । यसमध्ये हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्शियल बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६७ प्रतिशत, नबिल बैंकको ४.२४ प्रतिशत, एनआईशी एसिया बैंकको ४.२४ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत निष्क्रिय कर्जा कायम भएको देखिन्छ ।

३ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकहरुमा नेपाल बैंक ३.९५ प्रतिशत, सिद्धार्थ बैंक ३.९१ प्रतिशत, एनएमबि बैंक ३.६३ प्रतिशत तथा माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत रहेको छ । सानिमा बैंकको २.१५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८४ प्रतिशत निष्क्रिय कर्जा हुँदा एभरेष्ट बैंकले ०.७७ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आर्थिक वर्षसँग तुलना गर्दा यो अवधिमा सबैभन्दा धेरै निष्क्रिय कर्जा वृद्धि हुने बैंकमा एनआईशी एसिया बैंकको रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा एक वर्षको अवधिमा २.८७ प्रतिशत विन्दुले बढेको छ । त्यस्तै, सिटिजन्स बैंकको १.४४ प्रतिशत, प्राइम कमर्शियल बैंकको १.१९ प्रतिशत, सानिमा बैंकको १.१५ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.०१ प्रतिशत विन्दुले निष्क्रिय कर्जा बढेको देखिन्छ । सचेत भया ।

80
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?