जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

सिद्धार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

निर्जीवन बीमा कम्पनी सिद्वार्थ इन्स्योरेन्स लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच बुधवार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिद्वार्थ इन्स्योरेन्सका नायब महाप्रबन्धक दीपक कुमार धूत र ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृतश्री निखीलबंकाले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमासिद्वार्थ इन्स्योरेन्सको प्रोडक्टहरुका लागि विधुतियप्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा उक्त कम्पनीको प्रोडक्टहरुको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बीमा मार्केट डट कमनामको वेबसाइट सुरु गर्दै छ ।

यो नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बीमालेखको विस्तृत विवरण बुझ्न सक्छन् । यसमा रियल टाइमक्लेम सुविधाउपलब्ध छ । यसले बीमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ । यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँचगर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबीमालाई समेत लक्ष्यबनाएको छ ।

समझदारी अनुसारएग्रेगेटरले सिद्वार्थलाई एपीआई लिंकगर्दै रियल टाइम बाइंङ सलुसनप्रदानगर्नेछ । त्यसैगरी सिद्वार्थका बीमालेखहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटिङ पोर्टल उपलब्ध गराउनेछ ।
ओएसआरले बिक्रीभएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसीनवीकरण सम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमादावी र सिद्वार्थका पोलिसी खरिदमा सहयोग पनि गर्नेछ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा सिद्वार्थक प्रमुख कार्यकारी अधिकृत, उपप्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक तथा मुख्यबजार प्रबन्धक पनि उपस्थित थिए ।

1835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका