जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ऋणको ब्याजदेखि केन्द्रीय बैंकको दरसम्मले समस्या, अर्थमन्त्री भन्छन्: समाधान गर्छौं

ऋणको ब्याजदेखि केन्द्रीय बैंकको दरसम्मले समस्या, अर्थमन्त्री भन्छन्: समाधान गर्छौं

अर्थमन्त्री डा.रामशरण महतले रोजगार सिर्जना, कर, राजश्व दायरा विस्तारका लागि निजी क्षेत्रलाई सहजीकरण गर्दै अगाडि बढ्ने बताएका छन्। नेपाल-जर्मनी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २९औं वार्षिक साधरण सभामा उनले मुलुकको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्र र राज्यको सहकार्य आवश्यक रहेको बताएका हुन्।

‘निजी क्षेत्र र राज्यसँगै अगाडि बड्दा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्दा आर्थिक रुपान्तरण र संमृद्धितर्फ लाग्न सक्छौं’ उनले भने, ‘निजी क्षेत्रले मेहेनत गरेपछि त्यहाबाट फाइदा र विस्तार गर्ने लछ्य राख्दै गर्दा अर्थतन्त्र पनि विस्तार हुन्छ। राज्यले गर्ने सहजकर्ताको भूमिका हो।’

यसका लागि आफ्नो एकल प्रयासभन्दा पनि निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनले बताए। उनले निर्माण क्षेत्र, रियल स्टेटमा देखिएको समस्या, आयात निर्यातका समस्या लगायतका कारणसँग कतिपय आयोजनाका ठेक्का लम्बिदै जाँदा लागत बढेको बताए।

उनले भने, ‘अहिले म जुन जिम्मेवारीमा आएको छु, त्यहाँबाट हेर्दा लगानीको सेन्टिमेन्ट गिरेको छ।’

यतिखेर ऋणको व्याजदर, निक्षेपको दर, बैंकर दरमा पनि केही समस्या आएको उनले बताए। यसको हलका लागि बजेट र मौद्रिक नीतिमार्फत सकारात्मक सेन्टिमेन्ट सिर्जना गर्न आवश्यक रहेको उनले जिकिर गरे।

निर्यात नबढी रेमिट्यान्सको पैसाले मात्र व्यापार प्रवर्द्धन नहुने निवर्तमान अध्यक्ष अनुपबहादुर मल्लले बताए।

 

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्