जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१

बढ्दैछ बीमा सरेण्डर

पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो ।प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को ३ महिनाको अवधिमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको पोलिसी सरेण्डर भएको छ । यस अवधिमा २८ हजार जना बीमितको ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको छ ।

३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको बीमा पोलिसि सरेण्डर भएकै अवधिमा कम्पनीहरुको व्यापार भने ४१ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । प्राधिकरणका अनुसार एलआईसी नेपालको सरेण्डर सर्वाधिक देखिएको छ । एलआईसी नेपालको ७७ सय ३१ वटा पोलिसी बराबर १ अर्ब २२ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । नेपाल लाईफको ६ हजार ५४६ वटा बीमा पोलिसी वापत १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको २७ सय ४२ वटा बीमा पोलिसी बापत २७ करोड ४३ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । एशियन लाईफको २२ सय ७२ वटा बीमा पोलिसी बापत २४ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । नेशनल लाईफको १५ सय ५४ वटा पोलिसी वापत २३ करोड ६२ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । सूर्यज्योति लाईफको १५ सय ७४ वटा पोलिसी वापत १९ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । हिमालयन लाईफको २ हजार १४ वटा बीमा पोलिसी वापत १८ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । मेट लाईफको ९ सय ९५ वटा बीमा पोलिसीबापत १० करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।

सानिमा रिलायन्स लाईफको ५३७ वटा पोलिसी वापत ७ करोड ७८ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ आइएमई लाईफको ४७० वटा बीमा पोलिसी वापत ५ करोड ११ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । प्रभु महालक्ष्मी लाईफको ४ करोड ६९ लाख रुपैयाँको, सिटिजन लाईफको ५८८ वटा बीमा पोलिसी बापत ४ करोड ४९ लाख रुपैयाँको र रिलायबल नेपाल लाईफको ४८७ वटा बीमा पोलिसीबापत २ करोड ९८ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । यस्तै, सन नेपाल लाईफको १९३ वटा बीमा पोलिसीबापत १ करोड ७७ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका