जोडिनुहोस
आइतवार, मंसिर २, २०८१
आइतवार, मंसिर २, २०८१

हालको खबर

  • होमपेज
  • १ अर्ब एनपिएलमा प्रायोजन गर्ने सिद्धार्थ बैंक र २ करोड भन्दा बढि मनोरञ्ना खर्च गर्ने सानिमा बैंकलाई सानिमा बैंकलाई गभर्नर अधिकारीको संरक्षणः अख्तियारमा पुग्यो उजुरी !

१ अर्ब एनपिएलमा प्रायोजन गर्ने सिद्धार्थ बैंक र २ करोड भन्दा बढि मनोरञ्ना खर्च गर्ने सानिमा बैंकलाई सानिमा बैंकलाई गभर्नर अधिकारीको संरक्षणः अख्तियारमा पुग्यो उजुरी !

नेपालका दुई वाणिज्य बैंक सानिमा बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले जनताको पैसामा सासुको श्राद्ध गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन । नेपाली जनताले रगत र पसिनाबाट कमाएर बैंकमा डिपोजिट गरेको पैसामा सानिमा बैंकका सिइओ निश्चल राज पाण्डेले मनोरञ्जन खर्चमा २ करोड भन्दा बढि खर्च गरेको भेटिएको छ । गभर्नर साब मनोरञ्जन खर्च भनेको के हो ? फजुर खर्च नै हो । फजुर खर्च २ करोड भन्दा बढि खर्च गर्ने कसरी कुन शिर्षकमा भयो यो चाहि खोजीकै विषय बनेको छ । सिइओ निश्चल राज पाण्डेले जनताको बचतबाट २ करोड मनोरञ्जन खर्च किन र कसरी गरे यो हामीले खोजी शुरु गरेका छौं ।

यो खर्च बिरुद्ध शेयरधनीहरुले राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका कपी आर्थिक बजार न्यूजडटकमसंग सुरक्षीत छ । हेक्का होस् । गभर्नर साब तत्कालै सानिमा बैंकका सिइओ निश्चल राज पाण्डेसंग स्पष्टिकरण मागी छानवीन होस् । अर्को प्रचार प्रसारमा कम आउने तर, भित्रीरुपमा जे पनि गर्ने सिद्धार्थ बैंकका सिइओ निश्चल राज पाण्डेले जनताको रगत र पसिनाबाट निक्षेपमा आएको पैसाबाट हुन लागेको नेपाली क्रिकेट लिग एनपिएलमा १ अर्बभन्दा बढि पैसाको प्रायोजक गरेर लुट मच्चाएको छ । यस बारेमा पनि अख्तियार र राष्ट्र बैंकमा लगानीकर्ताहरुले उजुरी दर्ता गरेको पत्रको कपी आर्थिक बजार न्यूजडटकमसंग सुरक्षीत छ हेक्का होस् । उजुरी राष्ट्र बैंकमा २०८१÷०७÷३० गते परेको देखिन्छ । तर राष्ट्र बैंक किन बोल्दैन यो हामीले खोजी गरिराखेका छौं । हेक्का होस् ।

माडवाडी समूदायको लगानीमा सञ्चालीत सिद्धार्थ बैंकले भित्रीरुपमा नक्कली खाता खोली कर्जा दिएको घटना देखि जनताको पैसामा लुट मच्चाएको भेटिएको छ । तर राष्ट्र बैंक किन बोल्दैन । यतिसम्मकी सहुलीयत पूर्णकर्जा माडवाडीका व्यापारीलाई दिए । राष्ट्र बैंकलाई चुनौती दिँदै आएको सिछार्थ बैंकलाई गभर्नर अधिकारीले संरक्षण गर्नको कारण चाहि के हो ?
सिद्दार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सिद्दार्थ बैंकले पाँच वर्षको लागि एनपीएल मा मुख्य प्रायोजन रहनेबारे जानकारी दिईएको देखिन्छ । सिद्दार्थ बैंकले प्रायोजन गर्ने रकमलाई लिएर बैंकिंङ क्षेत्रमा एक किसिमको हंगामा नै भएको पाइएको छ । सिद्दार्थ बैंकले एनपीएलको मुख्य प्रायोजनको लागि करिब एक अर्ब रुपैयाँ खर्च गरेको देखिन्छ । यो जनताको लाभाशं कट्टी गरिदिएको हो भन्दा फरक पर्दैन ।
एउटा इभेन्टमा एकै बैंकले यत्तिको ठुलो जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटको रकम प्रायोजन गरेको बिषयमा नेपाल राष्ट्र बैंक पनि अनुत्तरित बनेको छ ।

ज्नताको लगानीमा स्थापना भएको सिद्धार्थ बैंकले इभेन्टमा पैसा खर्चेर बैंकको लागत बढाउने काम हुँदा बैंकमा जनताको लगानी सुरक्षित कसरी होला गभर्नर साब । नेपाल प्रिमियर लिग एनपीएल मा सिद्दार्थ बैंक संचालक समितिका सदस्यहरुको प्रत्यक्ष अप्रत्यक्ष लगानी रहेकाले सिद्दार्थ बैकले यसरी मुठ्ठी फुकाएर बैकको नाफामा नै प्रभाव पार्नेगरि प्रायोजन गरेको देखिन्छ । गभर्नर साब हेक्का होस् । पछिल्लो समय मर्जर तथा प्राप्ति पश्चात बैंक बित्तिय संस्थाको संख्या घट्दै जाँदा सिमित व्यक्ति र समुहको हातमा बैंकको सम्पूर्ण अधिकार कब्जा हुँदा बैंकको स्रोत साधन र नियमकीय काममा समेत बेतिथी बढेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको बजेट, कर्मचारी तालिमको बजेट, बित्तिय साक्षरताको बजेट, ग्राहक सम्प्रक्षण कोषको बजेट पछिल्लो समय गलत तरिकाले खर्च भएको देखिन्छ । सिद्धार्थ बैंकले एउटै इभेन्टमा १ अर्ब भन्दा बढि प्रायोजन गर्ने र सानिमा बैंकले मनोरञ्जन खर्चमा २ करोड भन्दा बढि जनताको रगत र पसिनाको डिपोजिटबाट खर्च गर्ने यो कस्तो बैकिङ्ग हो गभर्नर साब ? सचेत भया ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?