जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • निर्धन उत्थान लघुवित्तले नयाँ संस्थापक भित्र्याउँदै, ५५० रुपैयाँ दरले ६ करोडको सेयर बिक्रीमा

निर्धन उत्थान लघुवित्तले नयाँ संस्थापक भित्र्याउँदै, ५५० रुपैयाँ दरले ६ करोडको सेयर बिक्रीमा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीमा नयाँ लगानीकर्ता भित्र्याउने भएको छ। कम्पनीले चैत १८ गतेबाट संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले कुल एक लाख ८ हजार ५४२ कित्ता सेयर बिक्रीमा राखेको हो। बिद्यमान संस्थापकहरुको सेयर बिक्रीमा राखिएको हो। १०० रुपैयाँ अंकित दरका सेयरको न्यूनतम मूल्य प्रति कित्ता ५५० रुपैयाँ कायम गरिएको छ। खरिद गर्न इच्छुकले योभन्दा बढी मूल्य प्रस्ताव गरेर बोलकबोलमा सहभागी हुन सक्छन्।

५५० रुपैयाँ दरमा सेयर बिक्री भए यो करिब ५ करोड ९६ लाख ९८ हजार रुपैयाँ बराबरको डिल हुने छ। सरकारलाई पनि साढे २४ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त हुने छ।

विगतमा ८० प्रतिशतसम्म लाभांश बाँडेको निर्धनले गत वर्ष १४ प्रतिशतभन्दा कम लाभांश दिएको थियो। अघिल्लो वर्ष साढे ४० प्रतिशत लाभांश दिएको थियो।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ छ। २ अर्ब ८८ करोड रुपैयाँ जगेडा कोषमा छ। कोभिडका कारण चालु वर्षको पहिलो त्रैमासमा २७ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा गएको कम्पनी दोस्रो त्रैमासमा ५ करोड ७१ लाख रुपैयाँ नाफामा छ। अघिल्लो वर्षको पुसमा कम्पनी साढे ४० करोड रुपैयाँ नाफामा थियो।

सेयर खरिद गर्न इच्छुकले बैशाख २१ गतेसम्म आवेदन दिइसक्नु पर्छ। आवेदन बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा दिनु पर्नेछ।

9485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?