जोडिनुहोस
बिहिबार, पुस ४, २०८१
बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • ४ दशकको अवधिमा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको छ : सुनिल केसी

४ दशकको अवधिमा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको छ : सुनिल केसी

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले ४ दशकको अवधिमा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । बुधबार संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘४ दशकको अवधिमा बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको छ । तरलता अभाव वा तरलता अधिक हुने समस्या बैंकिङ क्षेत्रले भोग्नुपरेको छ । अहिले पनि ७ सय अर्ब निक्षेप थुप्रो छ ।’ केसीले खराब कर्जाले पनि समस्या निम्त्याएको बताए ।

उनले भने, ‘खराब कर्जाले पनि समस्या निम्त्याएको छ । ४ प्रतिशत खराब कर्जा भएपनि डराउनु पर्ने अवस्था छैन । तर यसबाट हामी सजग हुनुपर्ने देखिन्छ ।’ केसीले नेपालको बैंकिङ क्षेत्रले उच्च प्रगति गरेको भन्दै बैंकहरूले गत वर्ष ४० अर्ब कर तिरेको जानकारी दिए । उनका अनुसार बैंकले ४७ हजारलाई रोजगार दिएको छ ।

उनले बैंकिङ क्षेत्रबाट जनशक्ति बाहिरिने अर्को चुनौतीको रूपमा भोग्नुपरेको यथार्थ चित्रण गरे । विभिन्न समयमा कर्मचारीमाथि हुने धरपकडले पनि कर्मचारी बाहिरिने समस्या रहेको उनको भनाइ छ । केसीले कर्मचारीको मनोबल बढाउनुपर्नेमा पनि जोड दिए । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले सन्तोष काेइरालालाई संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए। कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?