जोडिनुहोस
शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१

हालको खबर

  • होमपेज
  • गभर्नर अधिकारी चैत्रमा बाहिरिदै, शक्तिकेन्द्र र स्वार्थ समूहको पहुँचमा नयाँ गभर्नरः शेरचन, ढुंगाना, मिश्र, श्रेष्ठ र भण्डारी सहित दर्जनौ गभर्नरका आँकाक्षी !

गभर्नर अधिकारी चैत्रमा बाहिरिदै,  शक्तिकेन्द्र र स्वार्थ समूहको पहुँचमा नयाँ गभर्नरः शेरचन, ढुंगाना, मिश्र, श्रेष्ठ र भण्डारी सहित दर्जनौ गभर्नरका आँकाक्षी !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल मात्र ३ महिना बाँकी छ भन्दा फरक पर्दैन । नयाँ गभर्नरका लागि प्रभु बैंकका सिइओ अशोक शेरचन, नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना, राष्ट्र बैंकका डिपुटी गभर्नरद्वय बम बहादुर मिश्र, र निलम ढुंगाना, पूराना बैंकर राजनसिंह भण्डारी लगायत दर्जनौ आकांक्षीहरु यति बेला चर्को दौडधुपमा लागेका छन् भन्दा अब फरक पर्दैन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चैत्र अन्तिममा बाहिरिने भएसँगै स्वार्थ समूह र शक्ति केन्द्र खुलेआम नयाँ गभर्नरका लागि चलखेल गर्न लागि परेको देखिन्छ । यति बेला गभर्नरका आकांक्षीहरु शक्तिकेन्द्रसँग निकटता बढाउँदै आफू गभर्नर भए देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने ब्रिफिङ गर्न थालेको भेटिएको छ ।

राष्ट्र बैंकको नयाँ गभर्नर चयनको लिगलिगे दौड सुरु भइसकेको छ । गभर्नरको रेसमा हालका डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटीहरु, राष्ट्र बैंककै हाल आसिन र रिटायर्ड कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु मात्रै छैनन् । प्रभु बैंकका सीइओ अशोक शेरचन, नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना पनि यो दौडमा सहभागी भएको देखिन्छ । गभर्नर पद निकै आकर्षक मानिन्छ । मुलुकको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो । भन्दा फरक पर्दैन ।

तत्कालीन नेकपा नेतृत्वको सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत अन्तिम साता सकिँदैछ ।
कानुनी प्रबन्धअनुसार नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि तयार सिफारिस समितिले नेपाल सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नु पर्दछ । नाम सिफारिस गर्ने कार्यविधि स्वयं समितिले निर्माण नै गर्छ ।

प्रधानमन्त्री, अर्थमन्त्रीलयात उच्च पदस्थ व्यक्तिहरुसँग नियमित छलफल, बजेट निर्माणदेखि मौद्रिक नीति तर्जुमासम्मको कार्यमा गभर्नर प्रत्यक्ष संलग्न हुन्छन् । यसैगरी देशविदेश भ्रमण, मौद्रिक निकाय तथा केन्द्रीय बैंक प्रमुखको रुपमा मिल्ने सम्मान र पहुँचजस्ता कारण राष्ट्र बैंकको गभर्नर सरकारको सबैभन्दा आकर्षक नियुक्तिमध्ये एक हो । भन्दा फरक पर्दैन ।
अर्थतन्त्रको एउटा सग्लो पाटो सम्हालेर बस्ने, नीतिगत हेरफेरमार्फत् आर्थिक स्थायित्वमा योगदान पु¥याउने र नियामकीय सुधारमार्फत् वित्तीय क्षेत्रसँगै अर्थतन्त्रमा टेवा पु¥याउन मिल्ने भएकाले पनि गभर्नर पद सबैको चासो हुनु स्वाभाविक पनि हो। गभर्नरलाई प्राप्त हुने त्योभन्दा पनि ठूलो अवसर हो, देशको नोटमा हस्ताक्षर गर्न पाउनु नै ठुलो कुरा हो ।

पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्याउन राजीनित दल र स्वार्थसमूह निकै सक्रिय छन् । सत्ता समीकरकणबाट आफू बाहिरिँदा पनि स्थायीरुपमा अर्थतन्त्रको एउटा बागडोर सम्हाल्ने भएकाले राज्यका नीति, संरचना र सम्भावित व्यवस्था हेरफेरमा गभर्नर पद फेरो बन्न पुग्छ । भन्दा अब चाहि फरक पर्दैन । तत्कालीन नेकपा नेतृत्वको सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत अन्तिम साता सकिँदैछ ।
कानुनी प्रबन्धअनुसार नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि तयार सिफारिस समितिले नेपाल सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नु पर्दछ । नाम सिफारिस गर्ने कार्यविधि स्वयं समितिले निर्माण नै गर्छ । आवेदन माग गरेर ३ जनाको नाम छनोट गर्ने कि दाबेदार र सक्षम व्यक्ति सिधै पहिचान गरेर मन्त्रिपरिषदमा नाम पठाउने भन्ने अधिकार समितिलाई नै दिइएको हुन्छ । भन्दा फरक पर्दैन । समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने ३ नाममध्ये एकजना केन्द्रीय बैंकका २ डेपुटी गभर्नरमध्ये १ हुनैपर्ने व्यवस्था छ ।

अधिकारीले तत्कालीन डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्वसचिव केशव भट्टराईलाई पछि पारेका थिए । डा. चिरनजीवी नेपाल गभर्नर बन्दा तत्कालीन डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र अधिकारीलाई उछिनेका थिए । पछिल्ला उदाहारण हेर्ने हो भने सत्तापक्ष र त्यसमा पनि प्रधानमन्त्री जुन राजनीतिक दलका हुन् सोही दलबाहेकका व्यक्ति गभर्नर बनेका छैनन् ।

गभर्नर नियुक्तिको पछिल्लो सिलसिला केलाउने हो भने डा युवराज खतिवडा कार्यकारी निर्देशक र महाप्रसाद अधिकारी केन्द्रिय बैंकको डेपुटी गभर्नर भइसकेका व्यक्ति हुन् । खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदारहँदै गभर्नर बनेका हुन् भने अधिकारीलाई लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत रहेका बेलै गभर्नरमा नियुक्ति दिइएको हो ।
अधिकारीले तत्कालीन डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्वसचिव केशव भट्टराईलाई पछि पारेका थिए । डा. चिरनजीवी नेपाल गभर्नर बन्दा तत्कालीन डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र अधिकारीलाई उछिनेका थिए । पछिल्ला उदाहारण हेर्ने हो भने सत्तापक्ष र त्यसमा पनि प्रधानमन्त्री जुन राजनीतिक दलका हुन् सोही दलबाहेकका व्यक्ति गभर्नर बनेका छैनन् । खतिवडालाई तत्कालीन नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले, नेपाललाई नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र अधिकारीलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गभर्नर बनाइएको हो । खतिवडा एमाले निकट, नेपाल कोइरालाको आर्थिक सल्लाहकार र अधिकारी २०७३ सालदेखि नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य हुन् ।

गभर्नर छनोट समिति अर्थमन्त्रीको संयोजकत्वमा बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । राष्ट्र बैंक ऐनमा त स्पष्टै सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने उल्लेख छ । तर, पछिल्लो समय अन्तिम घडीमा मात्र गभर्नर नियुक्त गर्ने परम्परा बसेको छ ।राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

महिला भएको नाता जोड्दै पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग भेटिरहन्छिन् । वित्तीय स्थायित्वमा जोड दिँदै कन्जरभेटिभ अर्थशास्त्रीको पहिचान बनाएकी ढुंगाना कांग्रेस परिवारकी छोरी हुन् । अहिलेका प्रधानमन्त्री ओली महिलालाई नेतृत्वमा लैजानुपर्छ भन्नेमा निकै उदार छन् । तसर्थ ढुंगानालाई आगामी गभर्नरका लागि निकै शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ ।

यसमानेमा जोकोहीलाई गभर्नरमा सिफारिस हुन सजिलो छैन, नियुक्ति त टाढाको कुरा । ३ मध्ये एकजना डेपुटी गभर्नर हुनैपर्ने भएकाले बमबहादुर मिश्र वा नीलम ढुंगाना तिम्सिनाको नाम सिफारिस सूचीमा पर्ने पक्का छ अर्थात् दुवै डेपुटी गभर्नर पनि सिफारिसमा पर्न सक्छन् । यसबाहेक सत्ता निकट, त्यसमा पनि प्रधानमन्त्री र पूर्वगभर्नरसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाको राडारमा परेकै व्यक्तिमात्र सिफारिस हुने सम्भावनामा देखिन्छ । यसबाहेक कांग्रेस एमाले सत्ता गठबन्धनसँग समदुरीमा रहेका व्यक्ति वा कुनै स्वार्थ समूहको रोजाईको व्यक्ति गभर्नर हुने देखिन्छ । डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र नीलम ढुंगाना तिम्सिना यो सूचीको शीर्ष स्थानमा पर्छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा उक्लिएका मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकीमात्रै होइनन् नेकपा एमाले निकटसमेत हुन् । तीक्ष्ण बुद्वि भएका मिश्र चतुर खेलाडीसमेत हुन् । उनी प्रधानमन्त्रीको गृहनगर दमककै भएकाले उनी गभर्नरको बलियो दाबेदार हुन् । भन्दा फरक पर्दैन । हेक्का होस् ।

डेपुटी गभर्नर ढुंगानाको निकटता पनि एमालेतिरै छ । ढुंगानाका पति विष्णुप्रसाद तिमल्सिना प्राध्यापक संघको राजनीति गर्छन् । नीलम स्वयं पनि एमाले नेतृत्वहरुको निकटमा छिन् । महिला भएको नाता जोड्दै पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग भेटिरहन्छिन् । वित्तीय स्थायित्वमा जोड दिँदै कन्जरभेटिभ अर्थशास्त्रीको पहिचान बनाएकी ढुंगाना कांग्रेस परिवारकी छोरी हुन् । अहिलेका प्रधानमन्त्री ओली महिलालाई नेतृत्वमा लैजानुपर्छ भन्नेमा निकै उदार छन् । तसर्थ ढुंगानालाई आगामी गभर्नरका लागि निकै शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ । भन्दा फरक पर्दैन । राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटी हाल केन्द्रीय बैंकका सञ्चालक पनि हुन् । उनले डेपुटी गभर्नर भएका बेलै गभर्नर बन्ने ठूलो आकांक्षा राखेका थिए । स्वच्छ छविका शिवाकोटी पढाईका क्रममा अमेरिका पुगेका सहकर्मीहरु उतै भासिँदा पनि देशमै केही गर्नुपर्छ भनेर राष्ट्र बैंकको जागिरमा फर्किएका थिए । एमाले निकट रहेका शिवाकोटीले यसअघि आफ्नो पुस्तक प्रधानमन्त्री केपी ओलीबाट बिमोचन गराए त कहिले ओलीको जन्मदिनको शुभकामना दिन तेह्रथुम पुगेका थिए । यसपालि पनि शिवाकोटी गभर्नरका बलिया दाबेदार हुन् । भन्दा फरक पर्दैन ।

पूर्वअर्थसचिव रामेश्वर खनाल हाल उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक छन् । खनालको नैतिकता, बुद्धिमता र निर्णय लिने क्षमता अद्वितीय छ । अर्थ सचिवका रुपमा राष्ट्र बैंकको सञ्चालक रहँदा समेत उनले लिएका अडान आज पनि राष्ट्र बैंकको पानामा कोरिएका छन् । खुला बजार अर्थतन्त्रको पक्षधर खनाल अर्थतन्त्रका विविध पाटाको राम्रो जानकार हुन् । अर्थतन्त्रका सिद्धान्त, व्यवहार, कर नीति, मौद्रिक नीतिका साथै नेपाली समाजलाई जरैदेखि बुझेका खनाल गभर्नर पदका लागि उपयुक्त पात्र हुन् । विगतमा केन्द्रिय बैंकले लिएको कच्चा नीतिका कारण अर्थतन्त्र खराब अवस्थामा पुगेको कुरालाई मध्यनजर गर्दै सरकारले अर्थतन्त्र सुधारका लागि खनाललाई गभर्नरको जिम्मेवारी दिनसक्ने सम्भावना पनि निकै बलियो छ । भन्दा फरक पर्दैन ।
केन्द्रीय बैंकका पूर्वकार्यकारी निर्देशक राजनसिंह भण्डारी पूर्वबैंकर पनि हुन् । सिटिजन्स बैंक स्थापना गरी उनी प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष भइसकेका छन् । राष्ट्र बैंकसँगै वित्तीय क्षेत्रको ज्ञान र अनुभवले निपुण भण्डारी पनि गभर्नर रेसका बलिया दाबेदार हुन् । कांग्रेस पृष्ठभूमिका भण्डारी हक्की स्वभावका छन् ।

अर्थतन्त्रका सिद्धान्त, व्यवहार, कर नीति, मौद्रिक नीतिका साथै नेपाली समाजलाई जरैदेखि बुझेका खनाल गभर्नर पदका लागि उपयुक्त पात्र हुन् । विगतमा केन्द्रिय बैंकले लिएको कच्चा नीतिका कारण अर्थतन्त्र खराब अवस्थामा पुगेको कुरालाई मध्यनजर गर्दै सरकारले अर्थतन्त्र सुधारका लागि खनाललाई गभर्नरको जिम्मेवारी दिनसक्ने सम्भावना पनि निकै बलियो छ ।

राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र डा. गुणाकर भट्ट गभर्नरको रेसमा निकै अगाडि छन् । श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेल निकट छन् । उनले एमाले महासचिव शंकर पोखरेल हुँदा प्रदेश योजना आयोग उपाध्यक्षका रुपमा काम गरेका थिए । उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य छन् । पौडेल र पोखरेलको त्यति नजिक भए पनि श्रेष्ठ विगतमा डेपुटी गभर्नर बन्न सकेका थिएनन् । अर्थशास्त्रको राम्रो ज्ञाता भएका श्रेष्ठ यस पटक भने बलियो दाबेदार मानिन्छ भन्दा फरक पर्दैन ।
यसैगरी हालैमात्र सेवा निवृत्त भएका कार्यकारी निर्देशक देवकुमार ढकाल अर्का बलिया प्रत्यासी हुन् । ढकाल पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालका आफन्त हुन् भने सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालका दाजू हुन् । ढकालको चर्चा डेपुटी गभर्नरमा पनि थियो । सानैदेखि एमाले निकट ढकाललाई पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र वर्तमान गभर्नर अधिकारीले पनि ढकालप्रति सफ्ट कर्नर राखेका छन् । उनीहरूले प्रधानमन्त्री आलीलाई कन्भिन्स गरेको खण्डमा ढकाल राष्ट्र बैंकको गभर्नर हुने सम्भावना देखिन्छ ।

कांग्रेस नेताहरुसँग ढुंगानाको राम्रो निकटता छ । देशका एकमात्र खर्बपति तथा नेपाली कांग्रेसका सांसदसमेत रहेका बिनोद चौधरीको मुख्य लगानी रहेको नबिल बैंकको सीईओ र तेह्रथुमका कांग्रेस पूर्वजिल्ला सभापति गोबिन्द ढुंगानाका भाइ हुन् उनी ।

गभर्नर बन्ने चर्चामा दुई बैंकर पनि छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका सीईओ अशोक शेरचन पनि गभर्नरका आकांक्षी हुन् । ढुंगाना नेपाली कांग्रेस निकट हुन् । कांग्रेस नेताहरुसँग ढुंगानाको राम्रो निकटता छ । देशका एकमात्र खर्बपति तथा नेपाली कांग्रेसका सांसदसमेत रहेका बिनोद चौधरीको मुख्य लगानी रहेको नबिल बैंकको सीईओ र तेह्रथुमका कांग्रेस पूर्वजिल्ला सभापति गोबिन्द ढुंगानाका भाइ हुन् उनी । यतिमात्रै होईन ढुंगाना राष्ट्र बैंककै क्याडर पनि भएकाले नियामक निजी क्षेत्र र पोलिटिकल इकोनोमी राम्रोसँग बुझेका छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनी प्रष्ट वक्ता हुन् भने निर्णय क्षमतामा अब्बल मानिन्छन् । ढुंगाना बैंकर्स संघका पुर्वअध्यक्ष पनि हुन् । भन्दा फरक पर्दैन । अर्का बैंकर अशोक शेरचन पनि गभर्नर पदका आकांक्षी हुन् । एमाले निकट शेरचन प्रभु बैंकका सीईओ हुन् । फाइनान्स कम्पनीलाई विकास बैंक हुँदै वाणिज्य बैंक बनाउन सफल शेरचन चतुर खेलाडी हुन् । भावी दिनमा एमालेबाट सांसदको टिकट लिएर राजनीतिमा होमिने सोच बनाएका शेरचनको एमालेका उच्च तहका नेताहरुसँग सिधै पहुँच छ । साथै उनी कांग्रेस र माओवादीका नेताहरुसँग पनि निकट छन् । तसर्थ उनी पनि गभर्नरका सबैभन्दा बलिया दाबेदार हुन् । भन्दा फरक पर्दैन । सचेत भया ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?