जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • २०८२ सालमा कुन-कुन दिन हुनेछ सार्वजनिक बिदा ?

२०८२ सालमा कुन-कुन दिन हुनेछ सार्वजनिक बिदा ?

सरकारले आगामी २०८२ सालका लागि सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ। मन्त्रीपरिषद्को निर्णयअनुसार विभिन्न चाडपर्व, दिवस तथा क्षेत्रीय विशेषतालाई मध्यनजर गर्दै सार्वजनिक बिदा स्वीकृत गरिएको हो।

राजपत्रमा प्रकाशित विवरणअनुसार नयाँ वर्ष, चण्डी, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, घटस्थापना, दशैं, तिहार, छठ पर्व, धान्यपूर्णिमा, क्रिसमस डे, तमु ल्होछार, माघे संक्रान्ति, सोनाम ल्होछार, महाशिवरात्रि, ग्याल्पो ल्होछार, इदउल फित्र, वकर इद, फागु पूर्णिमा तथा रामनवमीलगायत पर्वमा बिदा दिइनेछ।

यस वर्ष १३ दिन प्रमुख पर्वका लागि, ३ दिन धर्म, संस्कृति तथा भौगोलिक क्षेत्रका लागि, २ दिन महिला कर्मचारीका लागि, १ दिन शिक्षण संस्थाहरूका लागि, ४ दिन काठमाडौं उपत्यकामा मनाइने विशेष पर्वहरूका लागि, ६ दिन राष्ट्रिय दिवसका रूपमा, १ दिन अपांगता भएका कर्मचारीका लागि, २ दिन सार्वजनिक जन्मजयन्ती तथा ३ दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा व्यवस्था गरिएको छ।

योसँगै ३२ दिन सार्वजनिक बिदा परेका छन् भने शनिबारको ५२ दिन बिदासहित कुल ८४ दिन बिदा रहनेछ।

विशेष पर्व बिदामा साउन २५ गते गाईजात्रा, भदौ १५ गते गौरा पर्व, भदौ २१ गते इन्द्रजात्रा, चैत ४ गते घोडेजात्रा तथा मच्छिन्द्रनाथको भोटो देखाउने दिन काठमाडौं उपत्यकामा मात्र बिदा दिइनेछ।

त्यस्तै, महिला कर्मचारीहरूका लागि हरितालिका तीज (भदौ १०) र जितिया पर्व (भदौ ३०) मा बिदा व्यवस्था गरिएको छ। शिक्षण संस्थाहरूका लागि माघ ९ गते सरस्वती पूजाको दिन बिदा तोकिएको छ।

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका