जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

प्रभु महालक्ष्मी लाइफद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तिथी मिति तथा सार्वजनिक बिदाहरु समेटिएको अगामी वर्ष २०८२ को क्यालेण्डर समयमै प्रकाशित गरेको बताए ।

प्रकाशित २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने बताए ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई लगायत उच्च व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।

2095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्