जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंक र एक्यानबीच सम्झौता, चार्टर्ड एकाउन्टेन्टले पाउनेछन् विशेष वित्तीय सेवा

एनएमबि बैंक र एक्यानबीच सम्झौता, चार्टर्ड एकाउन्टेन्टले पाउनेछन् विशेष वित्तीय सेवा

 एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)मा आवद्ध सदस्यहरुलाई विशेष वित्तीय सेवा प्रदान गर्ने भएको छ।

यसका लागि बैंकले मंगलबार एक्यानसँग सम्झौता गरेको छ। समावेशी र मूल्यमा आधारित बैंकिङ सेवाप्रतिको प्रतिबद्धता अनुसार पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यसहित एक्यानसँग सम्झौता गरेको बैंकले जनाएको छ।

एक्यानका सदस्यले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट पाउनेछन्। यस्तै कागजात प्रक्रिया सरल हुनेछ। एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवा उपभोग गर्न सक्नेछन्

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?