जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • रेमिटेन्सले बढायो बैंकिङ प्रणालीमा तरलता

रेमिटेन्सले बढायो बैंकिङ प्रणालीमा तरलता

विदेशबाट नेपालीले पठाएको रेमिटेन्सका कारण बैंकिङ प्रणालीमा तरलता थप्रिन पुगेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा बैंकिङ प्रणालीमा ७ खर्ब रुपैयाँ तरलता थुप्रिएको छ।

चालु आर्थिक वर्ष वैशाखमा मात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। एक महिनामा भित्रिएको यो अहिलेसम्मकै धेरै रेमिटेन्स हो। यसअघि गत फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो आर्थिक वर्ष १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

रेमिटेन्स वृद्धिका कारण बैंकिङ प्रणालीमा तरलता थपिएको बैंकरहरुले बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले ३ प्रतिशत ब्याजदरमा अहिले ४ खर्बको हाराहारी तरलता राष्ट्र बैंकमा राखेका छन्।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २ खर्ब ५५ अर्ब र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरणमार्फत १ खर्ब ३८ अर्ब रुपैयाँ खिचेको छ।

राष्ट्र बैंकले आइतबार मात्रै ४२ दिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता पार्क गर्ने सुविधा दिएको थियो।

चालु आर्थिक वर्ष साउनमा १ खर्ब ३६ अर्ब, भदौमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ अर्ब, कात्तिकमा १ खर्ब १४ अर्ब, मंसिरमा १ खर्ब १८ अर्ब, पुसमा १ अर्ब २२ अर्ब, माघमा १ खर्ब ३७ अर्ब, फागुनमा १ खर्ब ५१ अर्ब र चैतमा १ खर्ब ३९ अर्ब रेमिटेन्स आएको छ।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका