जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • एनआईसी एशिया बैंकका ग्राहकले एएसजी आई केयरमा १५% सम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले एएसजी आई केयरमा १५% सम्म छुट पाउने

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच बैंकका ग्राहकहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहक महानुभावहरुले सर्जरी प्रोसीज्योरमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म,ःमाइनर इन्भेष्टिगेशन र अप्टिकल लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहक महानुभावहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । यो सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका