जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली विकास बैंकको २ अर्ब ५० करोड घोटला काण्डमा राष्ट्र बैंककै कर्मचारीको संलग्नताः नक्कली कारोबारलाई घुस लिएर लालमोहर लगाएको खुलासा !

कर्णाली विकास बैंकको २ अर्ब ५० करोड घोटला काण्डमा राष्ट्र बैंककै कर्मचारीको संलग्नताः नक्कली कारोबारलाई घुस लिएर लालमोहर लगाएको खुलासा !

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम बैंक र वित्तिय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका कर्मचारीबाटै भएको पुष्टि भएको छ । कथा हो कर्णाली विकास बैंक भित्र भएको २ अर्ब ५० करोड भन्दा बढि घोटला काण्ड को हो भन्दा अब चाहि फरक पर्दैन ।

आर्थिक बजार न्यूज डटकम लगायत दर्जनौ अनलाईन पोर्टलहरुले कर्णाली विकास बैंक भित्रको जनताको पैसा माथी भएको घोटला बारे पटक÷पटक समाचार प्रकाशन ग¥यो तर, कारवाही कतैबाट भएन । कर्णाली विकास बैंकका कार्यकारी अध्यक्ष एवं सिइओ १५ वर्ष चलाएका एमाले केन्द्रीय सदस्य दयाल मिश्र अनि राष्ट्र बैंकका एमाले गभर्नर महाप्रसाद अधिकारी भएपनि कतै पनि कारवाही कर्णाली विकास बैंक माथी भएन । कारवाहीको साटो बैंक भित्र भएको घोटलाका काण्डहरुलाई स्थलगत निरिक्षणमा पुगेको राष्ट्र बैंकका हाकिमहरुले रकम नै लिएर शंकास्पद कारोबारलाई लालमोहर लगाएको तथ्य हालै प्रहरीको सिआईबीले भेटाएको छ भन्दा अब चाहि फरक पर्दैन । गभर्नर साब हेक्का होस् ।

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका राष्ट्र बैंकका पूर्वकर्मचारीको खातामा शंकास्पद कारोबार भेटिएको छ । बैंकको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना प्रकरणमा जोडिएपछि पक्राउ परेका राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतको खातामा शंकास्पद कारोबार भेटिएको हो । भन्दा फरक पर्दैन । कर्णाली विकास बैंकको खाताबाट सुनसरी घर भएका ६१ वर्षीय बस्नेतको बैंक खातामा पटक–पटक रकम आएको देखिएपछि उनी अनुसन्धानमा तानिएको देखिन्छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बस्नेतलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउँदा उनको खातामा पटक–पटक गरी करिब १० लाख रुयैयाँ आएको देखिएको आर्थिक बजार न्यूज डटकमलाई सिआईबीले दाबी ग¥यो ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार बैंक संकटमा आएकै समयमा कर्णाली विकास बैंकको खाताबाट व्यक्तिगत खातामा रकम ट्रान्सफर भएको देखिएपछि राष्ट्र बैंकका पूर्व कर्मचारी भूवन बस्नेतलाई पक्राउ गरिएको हो । ‘जुन समयमा उनी अनुमगनमा खटिएका सोही समयमा कर्णाली विकास बैंकबाट उनको व्यक्तिगत खातामा रकम ट्रान्सफर भएको देखिएको छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘शंकास्पद कारोबार भेटिएपछि उनलाई पक्राउ गरी अनुसन्धान गरेका हौं नि भूपेन्द्रजी ।’ अनुगमनका क्रममा बैंक समस्यामा गएको र रकम अनियमितता भएको भेटिएपछि राष्ट्र बैंकका कर्मचारी बस्नेतलाई रकम दिएर अनुगमन तथा सुरपरिवेक्षण ठिक रहेको उल्लेख गर्न लगाइएको हुनसक्ने आशंका सीआईबीको छ ।

राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेतले भने सीआईबीसमक्ष उक्त रकम गाडी बेचेवापतको भएको दाबी गरेका छन् । रकम आएको प्रमाणसहितको तथ्य देखाएपछि त्यसलाई स्वीकार गर्दै बस्नेतले गाडी बेचेको रकम बैंकको खाताबाट आएको दाबी गरेको अनुसन्धान अधिकृतले दाबी गरे । बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रूपमा खटिएका बस्नेतले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको देखिन्छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्र बैंकका कर्मचारीहरूबीच तनाव सिर्जना गराएको थियो । त्यसपछि सीआईबीसहित प्रहरी उच्च अधिकृतहरूसँग नयाँ गभर्नर डा.विश्व पौडेलले समेत चासो देखाएको प्रहरीको सिआईवीको दाबी छ । काठमाडौंको टोखाबाट पक्राउ परेका बस्नेतलाई बाँके पठाएर अनुसन्धान सुरु गरिएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए । बस्नेत पक्राउ परेसँगै कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या ४ पुगेको देखिन्छ ।

यसअघि सीआईबीले तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो । उनीहरू सबैलाई बाँके लगेर अनुसन्धान गरिएको छ । सीआईबीका डीएसपी दान थापाको टोलीले उनीहरूमाथि अनुसन्धान गरिरहेको देखिन्छ । हिरासतमा रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके–२ बाट उम्मेदवार थिए । भन्दा फरक पर्दैन । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेका थिए । अहिले एमालेका केन्द्रीय सदस्य छन् । हेक्का होस् ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाल भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको देखिन्छ ।

प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए । भारतको लखनउबाट पक्राउ परेका राय पनि एमालेबाट सांसदमा उठेका थिए । बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाल भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको देखिन्छ । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको समितिले उल्लेख गरेको देखिन्छ । नक्कली ब्यालेन्स सर्टिफिकेट बनाउँदा समेत राष्ट्र बैंकबाट गएको अनुगमन टोलीका हाकिमहरुले भने त्यसलाई सदर गर्दै बैंक ठिकठाक अवस्थामा चलेको भन्दै लालमोहर लगाइदिएको थियो । यो कस्तो स्थलगत निरिक्षण हो गर्भनर साब ?

राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भनिने वेदप्रकाश सिंह ठकुरी र वरिष्ठ वित्त विभाग प्रमुख तथा सीईओ निरजविक्रम शाहले समेत अपचलन गरेको हुनसक्ने मिश्र नेतृत्वको समितिले उल्लेख गरेको थियो । रायलाई मानबहादुर चौधरी र पवनसिंह थारुले सहयोग गरेको हुनसक्ने बताइएको छ । छानबिन समितिका संयोजक मिश्रले सीईओ निरजविक्रम शाहलाई सोधपुछ गर्दा ठूलो रकम रायले घोटाला गरेको बताइएको उल्लेख छ । अपचलन गर्न रायले कर्णाली विकास बैंकको चेकबाट अन्य बैंकमा रहेको मौज्दात निकासा गरी बैंकमा नबुझाई अन्यत्र लगेको बताइएको छ ।

राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो ।

खातामा ब्यालेन्स नभएकै अवस्थामा पनि चेक क्लियरिङमार्फत रकमान्तर–चेक भुक्तानी गरेर घोटाला गरेको पाइएको देखिन्छ गभर्नर साब । यसका साथै सोझै भल्ट–टेलरबाट नगदै पैसा झिकेर पनि अपचलन गरेको भेटिएको छ । राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो । तर छानबिन समितिको अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो । भन्दा फरक पर्दैन । कारण के हो गभर्नर पौडेलज्यू ?

बैंक विवरणको कागजपत्रमा फोटोसप गरेर आफूले चाहेबमोजिमको विवरण थप गरी कीर्ते विवरण बनाएर त्यसको फोटोकपी गरी राष्ट्र बैंकको अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा देखिन्छ ।

राय सहितका व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । बैंक विवरणको कागजपत्रमा फोटोसप गरेर आफूले चाहेबमोजिमको विवरण थप गरी कीर्ते विवरण बनाएर त्यसको फोटोकपी गरी राष्ट्र बैंकको अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा देखिन्छ । लुट राष्ट्र बैंककै कर्मचारीहरुबाट भएको पुष्टी नै भएको देखिन्छ । सचेत भया ।

2360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका