जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

गृह मन्त्रालयले जेन जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। भदौं २३ र २४ गतेका मृतकहरूको सम्झनामा भदौं १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइने भएको हो।

सरकारी निर्णयअनुसार उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाइने छ। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार मृतकहरूको सम्मानमा यो कदम चालिएको हो।

भोलि बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका