जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति सम्पन्न खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तानले फाइनलको यात्रा सुनिश्चित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा पाकिस्तान टस हारेर ब्याटिङमा उत्रिएको थियो। पाकिस्तानले बंगलादेशी घातक बलिङसामू कमजोर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको सामान्य स्कोर खडा गर्‍यो। पाकिस्तानका लागि मोहम्मद हरिसले सर्वाधिक ३१ रन बनाउँदा मोहम्मद नवाजले २५ तथा सलमान आघा र शाहीन शाह अफ्रीदीले समान १९ रन बनाए। बलिङमा बंगलादेशका तास्किन अहमदले ३ विकेट लिँदा मेहन्दी हसन र रिसाद हुसैनले समान २ तथा मुस्तफिजुर रहमानले १ विकेट लिए।

१३६ रनको सामान्य स्कोर पछ्याएको बंगलादेश लक्ष्यसम्म भने पुग्न सकेन। बंगलादेशका समिम हुसैनले सर्वाधिक ३० रन बनाउँदा सैफ हसनले १८ तथा नुरुल हसन र रिसाद हुसैनले समान १६ रन बनाए। बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रीदी र हरिस रउफले समान ३ विकेट लिँदा सइम अय्युबले २ तथा मोहम्मद नवाजले १ विकेट लिए।

योसँगै पाकिस्तान एसिया कपको फाइनलमा पुगेको छ। अब, एसिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने पक्का भएको छ। यही प्रतियोगितामा भारत-पाकिस्तान दुईपटक आमनेसामने भइसकेका छन्। दुबैमा भारत विजयी भएको थियो। यद्यपि भारतले सुपर फोरको अझै एक खेल खेल्न बाँकी छ। भारतले फाइनल अघि आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?