जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • लुम्बिनी विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

लुम्बिनी विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणपछि तयार गरिएको प्रतिवेदन अनुसार, बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्ने क्रममा तोकिएको नियम उल्लंघन गरेको पाइएको हो।

प्रतिवेदनमा उल्लेख अनुसार, पुनर्नियुक्ति गर्दा तोकिएको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयमै वृद्धि गरिएको र यसरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ को व्यवस्था उल्लंघन भएको जनाइएको छ।

सो कारण राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको तत्कालीन सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (क) बमोजिम सचेत गराउने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आगामी दिनमा यस्ता कार्य दोहोर्‍याए थप कडा नियामक कदम चालिने चेतावनी समेत दिइएको छ।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?