Sticky Breaking News
जीवन बीमा कम्पनीहरुद्वारा बीमा शुल्कमा छलाङ्गः पहिलो नेपाल लाईफ, दोस्रो नेशनल लाईफ, तेस्रो एलआईसी नेपाल, चौथो हिमालयन लाईफ !

जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जनमा छलाङ्ग नै गरेका छन् भन्दा अब फरक पर्दैन । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढि बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफा इन्स्योरेन्स कम्पनी १ नम्बरमा छ भने नेशनल लाईफ इन्स्योरेन्स दोस्रो नम्बरमा देखिएको छ । तेस्रो नम्बरमा भारतीय लगानीको एलआईसी नेपाल रहेको छ । भने चौथो नम्बरमा हिमालयन लाईफ इन्स्योरेन्स रहेको देखिन्छ ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांकले जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन यस्तो देखाएको हो । भन्दा फरक पर्दैन । व्यवसायिक रुपमा अब्बल रह्दै आएको नेपाल लाइफ, नेशनल, एलआईसी र हिमालयन लाइफ नविकरण बीमाशुल्क आर्जनमा अग्रस्थानमा देखिएका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसान्तसम्मा १३ अर्ब ३३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको देखिन्छ ।
दोस्रोमा नेशनल लाइफले ५ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यसअवधिमा ५ अर्ब ५३ करोड नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छ । प्राधिकरणको तथ्यांक अनुसार हिमालयन लाइफले यसअवधिसम्ममा ४ अर्ब ९५ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले २ अर्ब ८० करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ३६ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९२ करोड रुपैया नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । भन्दा फरक पर्दैन ।
त्यस्तै, सानिमा रिलायन्सले १ अर्ब ७३ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, आइएमई लाइफल १ अर्ब ३६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ३२ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































