Sticky Breaking News
निजीवन बीम कम्पनीहरुले १५ अर्ब माथीको व्यवसाय गरेः पहिलो सगरमाथा, दोस्रो शिखर, तेस्रो हिमालयन एभरेष्ट र चौथो एनएलजी इन्स्योरेन्स !

निजीवन बीमा कम्पनीहरुको चार महिनाको व्यवसाय लोभ लाग्दो छ भन्दा अब चाहि फरक पर्दैन । चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिना अर्थात कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १२ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा व्यवसाय १२.४२ प्रतिशतले बढेर १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । भन्दा फरक पर्दैन ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । चार महिनामा कम्पनीको ब्यवसाय ०.३८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ पुगेको भेटिएको छ । त्यस्तै, सर्वाधिक धेरै ब्यवसाय संकलन गर्नेमा शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा रहेको छ । कम्पनीको ब्यवसाय २३.२८ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ रहेको देखिन्छ । भन्दा फरक पर्दैन । गत आर्थिक वर्षको तुलनामा एनएलजी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योेरेन्सको व्यवसाय सर्वाधिक अंकले बृद्धि भएको छ । हिमालयनको ब्यवसाय ३९.६६ प्रतिशतले बढेर १ अर्ब ६० करोड र एनएलजीको ३४.१ प्रतिशतले बढे १ अर्ब २६ करोड रुपैयाँ पुगेको देखिन्छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ब्यवसाय ५.८२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड, आइजीआई प्रुडेन्सियलको १२.२२ प्रतिशतले बढेर १ अर्ब २७ करोड, नेको इन्स्योरेन्सको ०.३९ प्रतिशतले घटेर १ अर्ब १४ करोड, युनाइटेड अजोडको २७.८० प्रतिशतले बढेर १ अर्ब ७ करोड र सानिमा जिआईसीको ३० प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ रहेको देखिन्छ । त्यस्तै, द ओरियन्टलको ९२ करोड, नेपाल इन्स्योरेन्सको ८६ करोड, प्रभु इन्स्योरेन्सको ६५ करोड, नेशनल इन्स्योरेन्सको ५० करोड र राष्ट्रिय बीमा कम्पनीको ४३ करोड रुपैयाँ ब्यवसाय रहेको छ । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































