जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एमाले केन्द्रीय सदस्यमा दुई पत्रकारको उम्मेदवारी घोषणा

एमाले केन्द्रीय सदस्यमा दुई पत्रकारको उम्मेदवारी घोषणा

मंसिर २७-२९ मा सम्पन्न हुने एमालेको ११ औँ महाधिवेशनमा दुई पत्रकार नेताले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत र पूर्वअध्यक्ष राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल प्रेससँग कुरा गर्दै निवर्तमान अध्यक्ष बस्नेतले आफूहरू केन्द्रीय सदस्यको उम्मेदवारी दिने गरी तयारीमा रहेको बताए । पूर्वअध्यक्ष अर्यालले समकालीन पार्टी सहयोद्धा पार्टी नेतृत्वको उपल्लो तहमा पुगिसकेको अवस्थामा आफ्नो दावेदारी स्वाभाविक रहेको बताए ।

बस्नेत र अर्याल दुवै अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । दुवैले खुला क्लष्टरबाट उम्मेदवारी दिने तयारी गरेका छन् । अर्यालले चौतारी अध्यक्षको अलावा एमालेको गुल्मी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनले केही समय पार्टीको उपत्यका कमिटीमा सचिवालयमा रहेर काम गरेका थिए ।

२०४७ सालमा एमालेको संगठित सदस्यता पाएका उनी २०७९ को निर्वाचनमा गुल्मीबाट गोकर्ण विष्टसँगै प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका थिए। बस्नेत २०५२ सालका संगठित सदस्य हुन् । पार्टी काममा दोलखा-काठमाडौं सम्पर्क मञ्च हुँदै अगाडि बढेका हुन् । दुवैले ५० को दशकको शुरूवातदेखि छलफल साप्ताहिकबाट पत्रकारिता शुरू गरेका हुन् । अर्याल र बस्नेतले पार्टी प्रचार कामअन्तर्गत विभिन्न महाधिवेशनको प्रचार समितिको जिम्मेवारी सम्हाल्दै आएका छन् । अर्याल १० औँ महाधिवेशनमै केन्द्रीय सदस्यका उम्मेदवार थिए । सर्वसम्मतका नाममा पछाडि हटेका थिए । बस्नेत प्रेस चौतारीको २ कार्यकाल गरी ९ वर्ष अध्यक्ष भएका थिए ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका