जोडिनुहोस
बुधबार, मंसिर २५, २०८२
बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • एभरेष्ट र मुक्तिनाथ बैंकको लाभाशंमा छलाङ्गः १३ बाणिज्य बैंक र ८ विकास बैंकले गरे घोषणा !

एभरेष्ट र मुक्तिनाथ बैंकको लाभाशंमा छलाङ्गः १३ बाणिज्य बैंक र ८ विकास बैंकले गरे घोषणा !

नेपालका २० वाणिज्य बैंक मध्ये १३ वटा ले मात्रै लाभाशं घोषणा गरेका छन् भन्दा अब फरक पर्दैन । राष्ट्रिय स्तरका ९ विकास बैंकहरुमा ८ विकास बैंकले लाभाशं घोषणा गरेको देखिन्छ । विकास बैंकहरुमा सबैभन्दा बढि लाभाशं मुक्तिनाथ विकास बैंकले दिने घोषणा गरेको देखिन्छ । भने वाणिज्य बैंकहरुमा सुदेश खालिङ्ग सिइओ रहेको एभरेष्ट बैंकले छलाङ्ग नै मारेको छ । भन्दा अन्याय नहोला । भन्दा फरक पर्दैन ।

भनिन्छ नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनहरूलाई स्वीकृति प्रदान गरेसँगै वाणिज्य बैंकहरूले धमाधम गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई दिने लाभांश सार्वजनिक गरिरहेका हुन् । भन्दा फरक पर्दैन । बैंकहरूले निक्षेप संकलन, कर्जा प्रवाह तथा अन्य वित्तीय सेवामार्फत् कमाएको मुनाफाको एक अंश सेयरधनीलाई लाभांश स्वरुप प्रदान गर्नु पर्ने व्यवस्था छ । जुन व्यवस्थाअनुरुप हालसम्म १३ वाणिज्य बैंक र ८ विकास बैंकले लाभांश घोषणा गरिसकेका छन् । यस वर्ष धेरैजसो बैंकहरूको लाभांश दर अघिल्ला वर्षको तुलनामा केही घटेको देखिएको छ ।

२०८२ मंसिरको अन्तिम सातासम्म लाभांश घोषणा गरेका १३ वाणिज्य बैंक र ८ विकास बैंकमध्ये एभरेष्ट लाणिज्य बैंक र मुक्तिनाथ विकास बैंकले सर्वाधिक लाभांश घोषणा गर्दा कुमारी बैंकले भने आफ्ना सेयर धनीको हात खाली बनाएको छ । अरू बैंकहरूले लाभांश घोषणा गर्न बाँकी नै छ । भन्दा फरक पर्दैन । हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक र कुमारी बैंक रहेको देखिन्छ ।

बैंकका सेयरधनीले आर्थिक वर्ष २०७९/८० मा १२.५० प्रतिशत नगद लाभांश पाएका थिए । त्यसयता सेयरधनीको हात खाली बनाउँदै आएको छ । अन्य १२ बैंकले भने लाभांश घोषणासँगै केहीले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेका छन् ।

बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको थियो । गत वर्ष पनि कुमारी बैंकले सेयरधनीलाई कुनै लाभांश दिएको थिएन । बैंकका सेयरधनीले आर्थिक वर्ष २०७९/८० मा १२.५० प्रतिशत नगद लाभांश पाएका थिए । त्यसयता सेयरधनीको हात खाली बनाउँदै आएको छ । अन्य १२ बैंकले भने लाभांश घोषणासँगै केहीले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेका छन् । जसमध्ये एभरेष्ट बैंकले आफ्ना सेयरधनीका लागि २० प्रतिशत लाभांश घोषणा गरी वार्षिक साधारणसभाबाट पारित पनि गरिसकेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश साधरणसभाबाट पारित गरेको हो । एभरेष्ट बैंकले अन्य बैंकहरुको तुलनामा सबैभन्दा बढी लाभांश दिएको हो ।

एनएमबी बैंकले पनि यसवर्ष १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी १० प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरणको घोषणा गरी साधारणसभाबाट पारित गरिसकेको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । एनएमबी बैंकले पनि यसवर्ष १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी १० प्रतिशत वितरण गर्ने निर्णय गरेको छ । बैंकले वार्षिक साधारण सभाको मिति भने सार्वजनिक गरेको छैन । नेपाल एसबीआई बैंकले पनि आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । भन्दा फरक पर्दैन ।

बैंकले बोनस शून्य प्रतिशत राख्दै ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कार्तिक २६ गतेको वार्षिक साधारण सभाबाट पारित गरिसकेको हो । माछापुच्छ्रे बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरी ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्षको वितरण योग्य नाफाबाट ८ प्रतिशत लाभांश घोषणा गरी वार्षिक साधारण सभाबाट समेत पारित गरिसकेको छ । बैंकले बोनस शून्य प्रतिशत राख्दै ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कार्तिक २६ गतेको वार्षिक साधारण सभाबाट पारित गरिसकेको हो । माछापुच्छ्रे बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरी ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । बैंकले असोज १४ गते नै वार्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यसैगरी सिटिजन्स बैंकले इन्टरनेसनलले पनि गत आर्थिक वर्षर्को वितरणयोग्य नाफाबाट ५.२३ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय वार्षिक साधारण सभाबाट पारित गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त प्रस्ताव बैंकले मंसिर १२ गतेको वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।

बैंकले यसपाली बोनस सेयर नदिई नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट मात्र नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सानिमा बैंकले पनि गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट ७.३७ प्रतिशत लाभांश वितरणको घोषणा गरी साधारणसभाबाट पारित गरिसकेको छ । बैंकले यसपाली बोनस सेयर नदिई नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट मात्र नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस बैंकले प्रायः नगद लाभांशलाई प्राथमिकता दिँदै आएको छ । कम्पनीले साधारण सभाका लागि मंसिर २९ गते बोलाएको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बोलाएको छ । कृषि विकास बैंकले पनि आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको वितरणयोग्य नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । साथै बैंकले मंसिर २९ गते साधारण सभाका लागि बोलाएको छ ।

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट ४ प्रतिशत बोनश सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट ४ प्रतिशत बोनश सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । एनएमबि बैंकका सेयरधनिले पनि गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले यसपाली गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत वितरण गर्ने भएको हो । यसैबीच केही विकास बैंकहरूले पनि आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरिसकेका छन् । नेप्सेमा सूचीकृत विकास बैंकमध्ये हालसम्म कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् ।

रिमा विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १०. ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरी वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।

मितेरी डेभलपमेन्ट बैंकले हालै आफ्ना सेयरधनीहरुलाई कुल १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी वार्षिक साधारणसभाबाट पारित गरेको छ । बैंकले यसपटक बोनस सेयर नदिई शतप्रतिशत रूपमा केवल नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको हो । गरिमा विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १०. ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरी वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरि १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव आफ्नो १९औं वार्षिक साधारण सभाबाट पारित गरेको हो । मुक्तिनाथ विकास बैंकले भने गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १८ दशमलव २ प्रतिशत लाभांश प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरेको छ । १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बैंकले कात्तिक १५ गतेको साधारण सभाबाट परित गरेको हो । मुक्तिनाथ विकास बैंक विगत केही वर्षदेखि बजारमा निरन्तर रूपमा उच्च लाभांश वितरण गर्ने बैंकमध्ये गनिन्छ । यसवर्ष पनि बैंकले अन्यको तुलनामा उच्च लाभांश वितरण गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश राखिएको छ ।

त्यसैगरी कामना सेवा विकास बैंकले पनि वार्षिक साधारण सभाबाट आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५. ७८ प्रतिशत नगद गरि १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश राखिएको छ । बैंकले कले यही मंसिर २६ गते शुक्रबार होटल सेफ्रन सिके बुटवलमा १७औं वार्षिक साधारण सभा डाकेको छ । महालक्ष्मी विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । यसमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांशदिने घोषणा गरेको छ । महालक्ष्मी विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति हालसम्म तोकेको छैन ।

बैंकले हाल कायम चुत्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकपनि गत आर्थिक वर्षको वितरणोग्य नाफबाट सेयरधनीहरुलाई ८.४६२७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुत्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकले १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको बैंकको यसवर्षको वार्षिक साधारण सभा भने सम्पन्न भएको छैन । बैंकले वार्षिक साधारण सभाको लागि आफ्ना सेयरधनीलाई पुस ७ गते डाकेको देखिन्छ । सचेत भया ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?