जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डका अध्यक्ष गभर्नरको गफैमा मख्ख

धितोपत्र बोर्डका अध्यक्ष गभर्नरको गफैमा मख्ख

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजारका सु’दिन फर्किने आवशवासन दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ र बोर्डबीच भएको लगानी सचेतना सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा अध्यक्ष हमालले केही दिनभित्रै पुँजी बजारका लगानी कर्ताले सुखद खबर सुन्न पाउने बताएका हुन् ।

लगानीकर्ताको मनोबल उकास्न आफुले बित्तीय ब्यवस्थापन समितिको बैठकमा पूँजी बजारका लगानी कर्ताको मनोबल उकास्ने प्रस्ताव लिखित रुपमा दर्ता गरेको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले बित्तीय ब्यवस्थापन समितिको बैठकमा पूँजी बजारका लगानी कर्ताको मनोबल उकास्ने प्रस्ताब लिखित रुपमै दर्ज गरेको छु । नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि छलफल गरेको छु, केही दिनमा सुखद खबर सुन्न पाइन्छ ।’

विशेषगरी उनले राष्ट्र बैंकका गभर्नरलाई भेटेर सेयर धितो कर्जाको ब्यक्तिगत सिमा १२ करोडबाट वृद्धि गर्न र संस्थागत लगानीकर्ताका लागि त्यो सीमा हटाउन भनी प्रस्ताव गरेको सुनाए ।

आफ्नो प्रस्तावमा गभर्नर महाप्रसाद अधिकारी सकारात्मक रहेको उनको जिकिर छ । उनी गभर्नरको भर परेर पूँजी बजारका लगानीकर्ताको मनोबल उकास्ने गरी निर्णय आउने दावा गरिरहेका छन् । तर, गभर्नर अधिकारीले अध्यक्ष हमालले भनेजस्तो लगानीकर्तालाई हौसला दिने कुनै गतिविधि अघि बढाएका छैनन्, उल्टै उनी सबैसँग टकराब लिँदै हिँडिरहेका छन् ।

अर्को प्रसंगमा अध्यक्ष हमालले नेपालको पूँजी बजारमा हकप्रद सेयर जारी गर्दा बजार वृद्धि हुने अनौठो अवस्था देखिएको बताए । उनले अगाडि भने, ‘नेपालमा हकप्रद सेयर जारी गर्दा सेयरको मुल्य वृद्धि हुन्छ । संसारका अरु देशमा हकप्रद सेयर दिदा मूल्यमा गिरावट आउँछ । एक सय रुपैयाँको लगाउने भनिएको कम्पनीमा अर्को सय रुपैयाँ लगानी गर्दा पनि बजार बढ्ने कुरा अनौठो हो ।’

मंगलबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले धितोपत्र बोर्डको हालत संसदमा सुनाएका थिए । उनले बीमा बोर्ड चाहिने काममा ‘ढिलोपत्र’ र विगार्नलाई ‘छिटोपत्र’ भनी व्यंग्य गरेका थिए ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका