
पछिल्लो महिना अर्थात चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गाको कारोबारमा विगत भन्दा केही सुधार देखिएको छ । पछिल्ला दिनहरुमा घरजग्गाको कारोबारमा सुस्तता छाएको छ । मंसिरमा भएको कारोबारले केही आशा देखाएको छ । मंसिर महिनामा घरजग्गाको कारोबार, कित्ताकाट र यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत मंसिर महिनामा १ लाख ८ हजार ८ सय ९९ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये ५१ हजार ६३२ पटक लिखत रुपमा पास भइसकेका छन् । यसैगरी मंसिरमा ५५ हजार १ सया ५५ वटा जग्गाको टुक्रालाई कित्ताकाट गरेर १ लाख २१ हजार ६१८ कित्तामा विभाजन गरिएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































