जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको स्वीकृत नलिई बीमा लेख जारी गरेको खुलासा

शिखर इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको स्वीकृत नलिई बीमा लेख जारी गरेको खुलासा

सदाबहार १४ वर्ष देखि शिखर इन्स्योरेन्स कम्पनीको सिइओ बनेर जनताको शेयर र लगानी भएको कम्पनीमा एकछत्र राज गर्दै आएका दिप प्रकाश पाण्डेले शिखर इन्स्योरेन्स कम्पनीमा कति बदमासी गरेका छन् । त्यो लेख्ने शब्द नै छैन । नेपाल बीमा प्राधिकरणले गरेको स्थलगत निरीक्षण प्रतिवेदनमा शिखर इन्स्योरेन्स कम्पनी भित्र कति बदमासी छन् भन्ने कुरा शेयरधनी र प्रमोटरहरुले हेनैपर्ने देखिन्छ ।

शिखर इन्स्योरेन्स कम्पनीका सिइओ पाण्डेले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती नै नलिइकन बीमा लेख तयार गरेर बेचेको खुलासा भएको छ । यसले बीमालाई कस्तो कसर पर्ने हो । त्यो समयले नै बताउने छ । यति मात्रै होइन वीमितले गरेको बीमा लेख रद्द गर्दा बीमितलाई सबै पैसा फिर्ता दिएर कम्पनीलाई घाटा पुर्‍याएको नेपाल बीमा प्राधिकरणले गरेको स्थलगत निरिक्षणमा नै उल्लेख गरेको छ । यो कस्तो कारोबार हो । बीमा प्राधिकरणका अध्यक्षज्यू ?

अरु डरलाग्दो बदमासी के के छ बुँदागत हेरौं ।
– बीमकको संचालक समितिले कम्तीमा त्रैमासिक रूपमा सम्पत्ति शुद्धिकरण ऐन, नियमावली, सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७५ को व्यवस्थाहरूको कार्यान्वयनको बारेमा समीक्षा गर्नु पर्नेमा गरेको देखिएन ।
– बीमकले ग्राहक पहिचान विवरण भराउने नगरेको। साथै बीमकले फर्म, कम्पनी, संघ, संस्था, समुह वा निकायको जस्ता ग्राहकको दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, सम्झौता, कागजातमा दस्तखत गर्ने अख्तियारीनामा आदि खुल्ने कागजात लिने गरेको देखिएन ।
– बीमकले जोखिम मुल्याकंन गर्दा जोखिम संग सम्वन्धित सवै पक्षहरुको विष्लेषण गरी जोखिमको स्तर निर्धारण गरेको देखिएन ।

– निर्जीवन बीमकको लागि सोल्भेन्सि मार्जिन निर्देशिका, २०७१ को निर्देशन नं. (५) बमोजिम दायित्वको मूल्यांकन गरेको देखिएन ।
– सोल्भेन्सि मार्जिन प्रयोजनार्थ सफ्टवेयरको मुल्य शुन्य लिनुपर्नेमा रू. ३०,६४,१८७७०० सम्पत्तिमा गणना गरेको देखियो । यो कस्तो कारोबार हो । नेपाल बीमा प्रधिकरणका अध्यक्षज्यू ?
– बीमकको सुचिकृत नभएको कम्पनीमा रहेको लगानीमा ब्यवस्था गरेको देखिएन ।
– मासिक रुपमा बैंक हिसाब मिलान विवरण तयार गर्ने गरेको देखिएन ।
– बीमकको चालु पूँजी व्यवस्थापन अन्तर्गत लिनुपर्ने सम्बन्धी नीति, दिनुपर्ने सम्बन्धी नीति र नगद व्यवस्थापन नीति भएको देखिएन ।
– बीमकले तेश्रो पक्ष मोटर बीमाको प्रवद्र्धनको लागि न्ष्लनभच :बचपभतष्लन क्भचखष्अभक एखत।ीतम। संग इगत क्यगचअष्लन सम्झौता गरेको देखियो ।
– बीमकले स्वास्थ्य बीमालाई प्रवद्र्धन गर्नका लागि प्ँब् ऋयलकगतिष्लन एखत। ीतम। संग इगत क्यगचअष्लन सम्झौता गरेको । बीमकको बीमा व्यवसाय गर्न पाउने अधिकार कटौती गर्ने गरी सम्झौता गरेको देखियो ।
– बीमकको संचालक समितिको बैठकले लगानी गर्ने रकम सम्बन्धमा निर्णय नगरी प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको देखियो ।
– मर्कन्टाइल अफिस सिस्टम प्रा. लि. लाई पेश्की भुक्तानी गर्दा एडभान्स पेमेन्ट ग्यारेन्टी लिएको देखिएन ।
– बीमाशुल्क वापत बैंक ग्यारेन्टी लिएकोमा तीस दिन भित्र बीमाशुल्क भुक्तानी गरेको देखिएन ।
– वीमकले बीमाशुल्क प्राप्त गर्नु अगावै बीमालेख जारी गरी जोखिम वहन गरेको देखियो ।
– बीमितको अनुरोधमा बीमालेख रद्द गरी बीमाशुल्क फिर्ता गर्दा जोखिम वहन गरेको मिति सम्मको अवधिको बीमाशुल्क कटाई बाँकी अवधिको मात्र बीमाशुल्क फिर्ता गर्नुपर्नेमा सम्पूर्ण बीमाशुल्क फिर्ता गरेको देखियो ।
– समितिबाट स्वीकृती नलिएका बीमालेखहरु प्रचलनमा रहेको देखियो । सचेत भया ।

585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका