जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिटिजन लाइफका सिइओ पोषकराज पौडेलको कार्यकाल थप गरिने

सिटिजन लाइफका सिइओ पोषकराज पौडेलको कार्यकाल थप गरिने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको कार्यकाल थप गर्ने निर्णय गरेको छ । पौडेलको कार्यकाल यहि पुस मसान्तबाट सकिदैछ । उनको कार्यकाल सकिनु एक महिना अगाडी नै सञ्चालक समितिले ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै उनलाई कम्पनीले आधिकारिक रुपमा कार्यकाल थपको निर्णय गर्नेछ । पछिल्लो समय बीमा समितिमा कार्यकाल थपका लागि गएका प्रस्तावहरु कुनै पनि अस्वीकृत भएको पाइदैन । बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवी बनाएका पौडेल जीवन बीमक संघको उपाध्यक्ष समेत हुन् । उनको दोस्रो कार्यकाल यहि माघ एक गतेदेखि सुरु हुनेछ ।

सिटिजनले पौडेललाई २०७४ माघमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनले बैंक, बीमा तथा वित्तीय क्षेत्रमा तीन दशक भन्दा लामो समय विताइसकेका छन् । सिटिजनमा आउनु अगाडी पौडेल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’मा वित्त प्रमुखको रुपमा थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका उनले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम लिएका छन् ।

3140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका