जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकद्वारा Kiosk सेवाको सुरुवात

सिटिजन्स बैंकद्वारा Kiosk सेवाको सुरुवात

सिटिजन्स बैंक सेवाको सुरुवात गरेको छ । बिहिबार सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको बताए ।

उनका अनुसार निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने छ । Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

4170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?