जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु लाइफ चार वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश, यस्तो रह्यो अहिलेसम्मको उपलब्धी

प्रभु लाइफ चार वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश, यस्तो रह्यो अहिलेसम्मको उपलब्धी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथौ वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । वितेका चार वर्षको अवधिमा उत्साहजनक जनविश्वास र माया प्राप्त गरेको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले समस्त नेपालीहरु माझ सुरक्षित भविष्यका लागि जीवन बीमा वारे सचेत गराउँदै र ग्राहक सेवालाई अझ विस्तार गर्ने प्रण गरेको छ । यस अवधिमा कम्पनी प्रति अगाध माया, विश्वास र सहकार्य गर्दै साथ दिनुहुने समस्त ग्राहक सेवाग्राहीहरु, बीमा अभिकर्ता, कर्मचारी एवम् सरोकारवाला सबै प्रति कृतज्ञता ज्ञापत गरेको छ । कम्पनीले आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरताको अपिल सहित अझ सरल, सुलभ, गुणस्तरीय एवं आधुनिक सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यहरु गर्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिए । यसै अवसरमा कम्पनीले समता स्कुललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रभु समुहबाट संस्थापित यस कम्पनीमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल लगायत १२ वटा संस्थागत शेयरधनी रहेका छन् । कम्पनीमा नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायीको समुहको लगानी रहेको छ । कम्पनीमा १७४ जना संस्थापक शेयरधनीहरु छन् । गत वर्ष प्राथमिक शेयर निष्काशन भए सँगै सर्वसाधारण लगानीकर्ताको पनि प्रवेश भएको छ ।

कम्पनीले स्थापनाकालदेखि हालसम्म तीन अर्ब ८२ करोड रुपैयाँ भन्दा धेरै बीमा शुल्क आर्जन गरिसकेको छ । यस अवधिमा २ लाख ७० हजार भन्दा धेरै बीमा पोलिसी बिक्री समेत गरिसकेको छ । कम्पनीले चार वर्षको दौरानमा बीमितहरुलाई १५ करोड ८३ लाख रुपैयाँको दाबी भुक्तानी समेत दिइसकेको छ । कम्पनीले बीमितलाई प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनशदर दिएको छ ।

जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण सूचकका रुपमा रहेको जीवन बीमा कोषमा २ अर्ब ३० करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याएको प्रभुको जगेडा कोषमा ४२ करोड ४४ लाख रुपैयाँ भन्दा धेरै छ । 

4405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका