जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नाडा अध्यक्षमा १४ सय १३ मत ल्याएर बिजयी भए ध्रुब थापा

नाडा अध्यक्षमा १४ सय १३ मत ल्याएर बिजयी भए ध्रुब थापा

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन्। थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी करण चौधरीले १३ सय ४७ मत पाएका थिए।

नाडाको यो पटकको चुनावमा थापा र चौधरीले प्यानल नै बनाएर मत मागेका थिए। चौधरी हारेपनि उनको प्यानलका १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट ५ जना निर्वाचित भएका छन्।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, वरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन्।

थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन्। यो पटक दुवै समूहले प्यानल बनाएर १७/१७ पदमा उम्मेदवारी दिएका थिए।

संघीय संरचना अनुसार नाडाको संरचना विस्तार गर्दा यो पटक २२ सय नयाँ सदस्य थपिएका थिए। कतिपयले नाडाको यो पटकको चुनावलाई एफएनसीसीआईको ‘मिनी इलेक्सन’को रूपमा समेत टिप्पणी गरेका थिए।

निर्वाचनमा ठूला व्यवसायिक घराना (जसका कम्पनी नेपालमा सवारी साधन आयातको अधिकृत बिक्रेता छन्) समेत विभाजित भएका थिए।

चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीको समर्थन थियो। थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन थियो ।

5175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका