जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कल डिपोजिटमा अबदेखि न्यूनतम बचतको ब्याजको आधा प्रतिशत मात्र दिन पाइने

कल डिपोजिटमा अबदेखि न्यूनतम बचतको ब्याजको आधा प्रतिशत मात्र दिन पाइने

नेपाल राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर थप घटाइ दिएको छ। मंगलबार एकीकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्ताको प्रमुख आम्दानीको स्रोतमध्येको कल डिपोजिटको ब्याज घटाइएको हो।

यसअघि बचत खाताको न्यूनतम ब्याज बराबर कल डिपोजिटको ब्याज कायम हुन्थ्यो। अब भने न्यूनतम ब्याजको पनि ५० प्रतिशत मात्र दिन पाइने छ।

बचत खाता बीचको ब्याज दर दुई प्रतिशत बिन्दुभन्दा बढी हुनु हुँदैन। उदाहरणका लागि न्यूनतम ४ प्रतिशत छ भने बढीमा ६ प्रतिशत ब्याज हुन्छ। अहिले कल डिपोजिटमा बचतमा कायम न्यूनतम ४ प्रतिशत ब्याज मात्र दिन पाइन्थ्यो। अब भने यसको पनि आधा अर्थात २ प्रतिशत मात्र दिन पाइन्छ।

तरलता अभावका बेला संस्थागत निक्षेपकर्ताले कल डिपोजिटमा पनि राम्रै वार्गेनिङ गरेका थिए। त्यसलाई कम गर्न पनि राष्ट्र बैंकले नयाँ ब्यवस्था तर्जुमा गरेको हो

7900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका