जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सिटिजन्स बैंकले गर्यो सबै कर्मचारीको कोभिड -१९ बीमा

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सबै कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड —१९ बीमा गराएको छ । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका यगतकयगअभम कर्मचारी गरि करिव १५०० जनाको कोभिड —१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको कुरा बैंकले जनाएको छ । बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख गरिएको छ ।

सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाईजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदान गरिरहेको छ। विभिन्न सावधानीका विधिहरु अवलम्बन गर्दै गर्दा पनि कुनै भवीतव्य भई आएको खण्डलाई मनन गर्दै बीमा गरिएको कुरा बैंकले जनाएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्म कुल ५५ लाखको सहयोग गरेको छ ।

विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरस कोडिभ १९ को महामारीबाट आक्रान्त बनेको अवस्था यस बैंकले सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयास गरिरहेको बैंकले जनाएको छ ।

बैंकल लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा सम्पूर्ण कर्मचारीको कोरोना बीमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विमा गराउने निर्णय गरेको बैंकले जनाएको छ।

सेञ्चुरी कमर्सियल बैंक सम्बन्धी अन्य जानकारी बैंकको वेवसाइटमा हेर्न बैंकले आग्रह गरेको छ ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने

गृह मन्त्रालयले जेठ ११ गते आइतबार सार्वजनिक विदा दिने भएको छ। आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाले आइतबार सार्वजनिक विदा दिइएको बताए।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ ।

सञ्चय कोषबाट अनलाइनबाटै विशेष सापटी लिन सकिने

कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्पmत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ ।

“लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो” विज्ञप्तीमा भनिएको छ ।

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेभसाइटमा गइ प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।

कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ ।

लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्पmत सुरक्षितरूपमा कोषका अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको कोषले जनाएको छ

लुम्बिनी विकास बैंकले सम्पूर्ण कर्मचारीहरुको कोभिड १९ विरुद्धको बीमा

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बीमा गरेको छ ।

बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी रु. १,००,०००/– (रु. एक लाख मात्र) को कोरोना बीमा सम्बन्धी सम्झौता बैंक र एभरेष्ट इन्योरेन्स कम्पनी लिमिटेडका बीचमा भएको हो ।

सम्झौता अनुसार अब बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने छ ।

यसबाट यस बिषम परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बैंकले बिश्वास लिएको छ।

यस बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्नुहुन आदरणीय ग्राहक महानुभावहरुमा बैंक हार्दिक अनुरोध गर्दछ।

हाल बैंकले देशभरका सातवटै प्रदेशका ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव २५०००० ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

सानिमा बैंकको केन्द्रिय कार्यलयमा कोरोना जोखिम, उच्च कर्मचारी भन्दछन्ः नेतृत्वले हाम्रो कुरा सुनेन

सानिमा बैंक लिमिटेड भन्ने वित्तिकै विदेशमा रहेको नेपाली एनआरएनको लगानीको बैंक मानिन्छ । तर, जहाँ कोरोना जोखिम उच्च देखिन्छ । करिब ११ बजे हामी सानिमा बैंकमा एउटा डिपोजिटको कारोबारका कारण पुगेका थियो । करिब १.५० बजे हामीले ३ घण्टा पछि डिपोजिट गर्न त सफल भयौं । तर, बैंकमा कोरोनाका उपायका कुनै पनि साधन नदेख्दा हामी तीन छक्क प¥यौ । केन्द्रीय कार्यालय नक्सालको तस्बीरमा देखाईएको यो भवन देख्दा कोरोनाको डर मात्रै भएन त्रास जस्तो देखियो र हेरियो पनि ।

कारोबार गर्न सोसल डिस्टेन्स देखि लिएर माक्स, पञ्जा र सेनिटाईजर अनिवार्य हुन्छ । तर, बैंकका कर्मचारीले नै नमाक्स, न सेनिटाईजर, न त पञ्जा नै लगाएका छन् । ग्राहकहरुको भीड भाड फिल्मी महलमा जस्तो देखिएको छ । हामीले काउण्टरमा काम गर्ने एक कर्मचारीलाई ग्राहकको हिसाबले सोध्यौ तपाईहरुको यस्तो बेहाल छ, कोरोनाको रोगथामका उपाय किन नअपाउनु भएको ? भनी उनीले भनिन् सर बैंक नेतृत्वले हाम्रो कुरा सुनेन हामीले कसलाई भन्ने तपाईले त पत्रकारको कार्ड लगाउनु भएको छ । यो कुरा उठाईदिनु प¥यो नि ।

उनीले थपिन् हामीलाई गाडीबाट ल्याउने र लाने व्यवस्था छ । तर, बाख्रा जस्तै गरि राखिन्छ । हामी उच्च जोखिममा छौं । मैले फेरि सोधे कोरोना बीमा अरु केही यो बेला काम गर्ने कर्मचारीलाई सुविधा त दिएको होला नि ? उनीले भनिन् के सुविधा दिनु सर काममा नआएर स्पष्टिकरण लिने हटाउने मौखिम चेतावनी बैंकले चाहि दिएको छ । वीमा त परको कुरा हो सर ।

यी र यस्ता कर्मचारीका अभिव्यक्ति सुनेपछि हाम्रो मन कटक्क खायो । मन सिरिङ्ग पार्दै हामी बैंकबाट ३ घण्टा पछि हिड्यौ ।
यी कुरा एउटा कथा होइन । यथार्थ हो भनिन्छ सानिमा बैंकका वार्षिक २ करोड ५० लाख १० हजार ११ रुपैया भत्ता तलब र अन्य सुविधा बुझ्ने भुवन दाहाल सीइओ छन् । उनी नेपाल बैंकर्स संघका सभापति हुन् । तर, उनीकै बैंक कोरोना जोखिममा छ । ग्राहक त्रसित छन् । कर्मचारीहरु कोरोना जोखिम मोलेर काम गरिरहेका छन् । उनीलाई यस कुराको कुनै चिन्ता नै देखिदैन, गर्भनर साब ?

यो कस्तो बैकिङ्ग हो । गर्भनर साब ? बैंकको भन्दा अरु कुरामै हाम्रा सीइओ साब लाग्नु भएको जस्तो देखिन्छ । एक संचालकले टेलिफोनमा भने । उनीले थपेः– उहाँको त नगद कारोबारमा कोरोना कर, कर्मचारीको भत्ता कटाउने काम र गर्भनर साबलाई गाली गलोज गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नु भएको छ । अरु कुरा मतलब नै छैन् ।

होसियार ग्राहक महानुभावहरु सानिमा बैंक देखि ! जहाँ कोरोनाको त्रास कायमै देखिन्छ । सचेत रहौं ।
सधै गर्भनर साबलाई गाली गर्ने काम गर्ने भूवन दाहालले अब बैंकको बेथितीलाई तत्कालै नसच्चाए बैंकका ग्राहक, गार्ड देखि बैंककै कर्मचारीलाई यो अदृश्य शक्तिबाट आएको कोरोना भाइरसले नसताउला भन्न सकिदैन । सचेत भया ।

सनराइज बैंकद्वारा कलेज र गाउँपालिकालाई पीपीई सहयोग

सन्राइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सहयोग गरेको छ ।

बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताए ।

त्यसैगरी जेष्ठ ०७, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र १००० थान मास्क हस्तान्तरण गरेकोे थियो ।

उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेका थिए ।

कुमारी बैंकद्वारा ट्राफिक प्रहरीलाई सेनिटाईजर हस्तान्तरण

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ट्राफिक प्रहरीलाई यस कोरोना संक्रमित घडीमा १०० लिटर सेनिटाईजÞर सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक तुल्यिएको सेनिटाईजÞर रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्य ज्यूले काठमाडौं महानगर पुलिसका वरिष्ट सुपर इन्टेंडेंट (एसएसपी) भीम प्रसाद ढकाल ज्यूलाई सेनिटाईजर हस्तान्तरण गरेर सम्पन्न गर्नुभयो । कोरोना महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रणका लागी नेपाल सरकारको राहत कोषमा योगदान, स्थानीयस्तरमा निम्नस्तरका महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता गतिविधिहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वहन गर्दै आएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना देशव्यापी शाखा र एटिएम मार्फत निरन्तर बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

एनएमबि बैंकले ल्यायो परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग

एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ । विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै बैंकले सुरक्षित र छरितो डिजिटल बैंकिङ्ग अनुभव प्रदान गर्न उक्त सेवा ग्राहकमाझ प्रस्तुत गरेको हो ।

उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुलादेखि साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोवारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ ।

वर्तमान कोभिड महामारीलाई विचार गरि बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ्ग माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ ।

बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ्ग, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ्ग लगायत अन्य विभिन्न व्यवसायीक कार्यहरु सम्बन्धि सेवा लिन सकिने उच्च कारोवार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधाबाट लाभान्वित हुन सकिने बैंकले जनाएको छ ।

सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सजिलै गर्न सकिने छ ।

खुद बीमाशुल्क १६.३७ प्रतिशतले बढ्यो

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ११.६५% ले बढी हो। गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, कम्पनीले खुद ब्याज आम्दानी १६%ले बढाएर ३० करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले २६ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । प्रकाशित विवरण अनुसार गत वर्ष १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ कमाएको कम्पनीले यस वर्ष १६.३७%ले बढाएर २ अर्ब २६ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क पुर्याएको छ ।

हाल कम्पनीमा ३ लाख ३४ हजार ६२४ बीमालेख कायम रहेको छ । हालसम्म कम्पनीले १६ लाख ९९ हजार ६८३ बीमालेख जारी गरेको जानकारी दिएको छ । गत वर्ष ३४ करोड ८६ लाख रुपैयाँँ कुल दाबी भुक्तानी गरेको प्राइमले यस वर्ष ५० करोड ३६ लाख रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५ करोड ४१ लाख रुपैयाँ रहेको छ । जगेडा कोष गत वर्षको सोहि अवधिको तुलनामा ५.११% कम हो।

जीवन बीमा कोष रकम गत वर्षको तुलनामा ३० दशमलव ८४ प्रतिशत बृद्धि देखिएको छ । गत वर्ष यस अवधिसम्म ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको जीवन बीमा कोष रकम यस वर्ष १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष दिर्घकालिन लगानी तथा कर्जा ७ अर्ब ९३ करोड ९८ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो भने यस वर्ष ९ अर्ब ४९ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो कर्जा प्रदान गरेको छ । बीमालेख धितोमा समेत कर्जा प्रवाह गर्दै आएको प्राइमले यस वर्ष १ अर्ब १७ करोड ५१ लाख रुपैयाँभन्दा बढी यो कर्जा प्रवाह गरेको छ । गत वर्ष बीमालेख धितोमा ७९ करोड २३ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो । प्राइमको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १५९.०६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

नेपाल सरकारले कोरोना भाइरसको महामारीको जोखिम न्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।

बैंकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको “एकका लागि एक अभियान’’ लाई आर्थिक सहयोग गरेको छ । उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्र्द आइरहेको छ । सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी लाई हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनु भएको छ ।

१ सय ९१ जना सबै पत्रकारहरुकाे काेराेना परीक्षणकाे नतिजा नेगेटिभ !

 

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकाे आयाेजनामा अग्रपंतीमा रहेर काम गरिरहेका पत्रकारहरुकाे मंगलबार १ सय ९१ जनाकाे संकलन गरिएकाे स्वाबकाे पीसीआर प्रविधिबाट गरिएकाे काेराेना परीक्षणकाे नतिजा सबैकाे नेगेटिभ !