जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लुम्बिनी विकास बैंकले सम्पूर्ण कर्मचारीहरुको कोभिड १९ विरुद्धको बीमा

लुम्बिनी विकास बैंकले सम्पूर्ण कर्मचारीहरुको कोभिड १९ विरुद्धको बीमा

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बीमा गरेको छ ।

बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी रु. १,००,०००/– (रु. एक लाख मात्र) को कोरोना बीमा सम्बन्धी सम्झौता बैंक र एभरेष्ट इन्योरेन्स कम्पनी लिमिटेडका बीचमा भएको हो ।

सम्झौता अनुसार अब बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने छ ।

यसबाट यस बिषम परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बैंकले बिश्वास लिएको छ।

यस बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्नुहुन आदरणीय ग्राहक महानुभावहरुमा बैंक हार्दिक अनुरोध गर्दछ।

हाल बैंकले देशभरका सातवटै प्रदेशका ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव २५०००० ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

9375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका