जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु

कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

संघको निर्णय विपरित १० प्रतिशत छुट दिने एनआईसी एशिया बैंकको निर्णय

नेपालमा मात्रै २७ वटा वाणिज्य बैंकहरु छन् । यी बैंक्का २७ जना सीइओहरुको संगठन हो नेपाल बैंकर्स एशोसियसन । नेपाल बैंकर्स एशोसियशनले कोरोना पिडीतहरुलाई २ प्रतिशत ब्याज छुट दिन नमानेका बेला नेपालको सधै चर्चामा आउने एनआईसी एशिया बैकले संघलाई चुनौती दिँदै १० प्रतिशत छुट असारसम्म दिने निर्णय गर्नु कति उचित होला । हिजो ब्याजदर घटाउने निर्णय बैंकर्स संघले गरेका कारण एनआईसी एशिया बैंकका तत्कालीन सीइओ लक्ष्मण रिसालले राजिनामा दिएका थिए ।

संघको निर्णय विपरित ब्याजदर बढेको कारण देखाउँदै तर आज नेपाल बैंकर्स एशोसियशनलाई नै चुनौती दिँदै १० प्रतिशत ब्याज छुट दिने निर्णया गर्ने एनआईसी एशिया बैंकका सीइओ न्योपाने संघका सदस्य होइन ? उनीलाई नेपाल बैंकर्स एशोसियशनको विधान लागु हुँदैन ? यो चाहि अब खोजीकै विषय बनेको छ । राष्ट्र बैंकले २ प्रतिशत कोरोना पिडितलाई ब्याज छुट दिउ भन्दा नेपाल बैंकर्स एशोसियशन अलमल्ल परिरहेको बेला चर्चा कमाउने र आफूलाई अग्रणी बैंक देखाउँदै १० प्रतिशत छुट दिने एनआईसी एशिया बैंकले अरु २६ बैंकलाई समेत चुनौती यो विषम र विपतमा चुनौती दिएको देखिन्छ ।

यस बारे नेपाल बैंकर्स एशोसियशनले किन बोल्दैन । नेपाल बैंकर्स एशोसियसनले २ प्रतिशत दिन नसक्ने एनआईसी एशिया बैंकले २ प्रतिशत र १० प्रतिशत गरि १२ प्रतिशत छुट दिन सक्ने ? यो ग्राहक झुक्याउने र आफूतिर तान्ने एनआईसी एशिया बैंकको चलाखी मात्रै होइन बदमासी समेत रहेको एक बैंकरले आर्थिक बजार ज्यूज डटकमसंग बताए ।
सबै बैंक ८ अर्ब चुक्ता पूँजी भएका हुन । सबैलाई राष्ट्र बैंकले २ प्रतिशत छुट दिने भनेको छ । तर, एनआईसी एशिया बैंकले अरु १० प्रतिशत छुट दिने निर्णय गरेर २६ वाणिज्य बैंकलाई २ प्रतिशत ब्याज छुट दिन बाध्य बनाएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

राष्ट्र बैंक उच्च स्रोत भन्दछः– २६ वाणिज्य बैंक २ प्रतिशत ब्याज छुट दिन अनकनाएका बेला एनआईसी एशियाले चाहि थप अरु १० प्रतिशत ब्याज छुट दिने बखेडा झिकेर बैकिङ्ग बजारमा तरङ्ग ल्याउने काम गरेको देखिन्छ । एक बैंकरले भने हिजो ब्याजदरको कुरा असहमती राख्नै गर्दा तत्कालीन सीइओ लक्ष्मण रिसाललाई जागिर छोड्न बाध्य गर्ने बैंक सञ्चालक समिति आज किन १० प्रतिशत छुट दिँदा चुप छ । यसको खोजी पत्रकार मित्रहरुले किन गर्दैनन् ।

उच्च स्रोत भन्दछ– एनआईसी एशिया बैंक भित्रैका अधिकाशं संचालकहरुका नजिकका मित्रहरुले कर्जा लिएका छन् । ति मित्रको पैसा यी संचालकहरुले चलाएका कारण ब्याज छुट संचालकसम्म पुग्नेछ । कोरोना पीडित र साना कर्जाका ग्राहकले होइन संचालकका मान्छेहरुले नै १० प्रतिशत ब्याज छुट पाउने भएका छन् । स्रोतको दाबी छ । यसरी घुमाई फिराई लुट्ने काम संचालकहरुबाटै भएको देखिन्छ । सीइओ न्यौपाने त पात्र मात्र हुन् बैंकनै संचालकहरुले चलाएको प्रस्टै छ नि उनीले दाबी गरे ।
एनआईसी एशिया बैक यस्तो बैंक हो । जहाँ साना तहका कर्मचारी १ वर्ष पनि टिक्दैनन् । उनीहरुको बैंकमा दिउँसो मात्रै डिउटी होइन । ९÷१० बजे राती सम्म प्रत्येक दिन काम गराउने परम्परा छ । यो अर्को श्रम शोषण भएको प्रस्टै देखिन्छ ।

भनिन्छ पानी धेरै उम्लीए पछि पोखिन्छ । एनआईसी एशिया बैंक पनि अहिले यस्तै भएको छ । उसलाई नेपाल बैंकर्स एशोशियशनको नियम नलाग्ने कर्जा दिँदा ३÷४ प्रतिशत सेवा शुल्क लिने कहाँ छ राष्ट्र बैंक किन बोल्दैन । कहाँ छ नेपाल बैंकर्स एशोशियशन किन बोल्दैन ? स्मरणीय होस् यी र यस्ता कुराबारे प्रतिक्रिया लिन बैंकका सीइओ रोशन कुमार न्यौपानेसंग पटक पटक सम्पर्क गर्दा उनीले टेलिफोन उठाएनन. । सचेत भया ।

एनआईसी एशिया बैंकमा सीइओ न्यौपानेको दादागिरीले हद नाग्यो : नेपाल राष्ट्र बैंक बेखबर ?

सुन्दा पनि जीउ सिरिङ्ग हुने डर लाग्दो तलब भत्ता, बोनस र अरु सुविधा गरि करिब करिब बाषिक ३ करोड भन्दा बढि पैसा जनताको डिपोजिटबाट बुझ्ने एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेको दादागिरीले हद नाघेको खुलेको छ ।

आज शुक्रबारको राजतिलक साप्ताहिकमा एनआईसी एशिया बैंकको नाफा नक्कली शिर्षकको समाचार प्रकाशन भएपछि बैंकका दर्जनौ कर्मचारीले आर्थिक बजार न्यूजडटकमको अफिसको टेलिफोनमा कुरा गर्दै भने हामी करारमा नियुक्त भएका कर्मचारीलाई बैंक नेतृत्वले तत्कालै राजिनामा दिन दबाब दिएको छ । हामी यो विपत र बिषम अवस्थामा कहाँ न्याय खोज्न जाने । हाम्रो जागिरको करार अवधी अझै असार ०७७ सम्म छ । सर समाचार लेखि दिनुप¥यो ती कर्मचारीले सम्पादक भूपेन्द्र आचार्यलाई गुनासो गरे ।

हामी अब राष्ट्र बैंक र श्रम अदालत जाने कुरा सरसल्लाह गर्दैछौं सर उनीले थपे । एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले बोलाएर हामी करारका कर्मचारीलाई बैंकको नाफा घटेको, फजुर खर्च घटाएको विज्ञापन सबै हटाएकाले तपाई कर्मचारी साथीहरुले पनि अब बाटो खुल्ला गरिदिनु प¥यो भनेको ती कर्मचारीले आर्थिक बजार न्यूज डटकमसंग गुनासो गरे ।
के यसबारे राष्ट्र बैंक बेखबर छ त भनी एक उच्च कर्मचारीलाई सम्पर्क गर्दा उनीले भने यो चर्चामा आएको छ ।

हामीले यो बेला कर्मचारी नहटाउन निर्देशन नै दिएकाछौं । हटाए राष्ट्र बैंकले कारवाही गर्नेछ । यो प्रस्टै छ । यस्तो विपत र बिषम अवस्थामा जे पनि गर्न खोज्ने छुट कुनै बैंकलाई छैन लेखेर राख्नुहोस् उनीले दाबी गरे । उनीले प्रस्टै भने यदि एनआईसी एशिया बैंकले कर्मचारी निस्काशन गरे हामी २÷३ वर्ष नयाँ कर्मचारी भर्नामा नै रोक लगाउने छौं । के छ कर्मचारीको अवस्था एनआईसी एशिया बैंकमा त्यो पनि हेरौ । नाफामा चौथो भएको यस बैंकले करिब २ अर्ब ५० करोड २४ लाख कमाएको देखाएको छ । कर्मचारी हटाउन दबाब दिएको, पत्रिका, अनलाईन, टिभीमा विज्ञापन हटाएको बैंकले १० प्रतिशत छुट र प्लस २ प्रतिशत छुट गरि १२ प्रतिशत छुट दिने घोषणा ग¥यो । यो आफैमा अचमको कहानी प्रस्टै देखिन्छ ।

मानिन्छ एनआईसी एशिया बैंक जसले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि नारा दिएर जनता झुक्याएको मात्रै छैन । कर्जा प्रवाहमा ३÷४ प्रतिशत सेवा शुल्क लिएको समेत ती कर्मचारीले बताए । करिब ३४ सय भन्दा बढि कर्मचारी भएको यस बैंकमा अरु बैंकबाट दिन दुई गुना रात चौगुना कर्मचारी ल्याउने गरेको र करारमा भर्ना भएका आएका दक्ष जनशक्तिलाई दबाब दिँदै निस्काशन गर्न खोजिरहेको खुलेको छ ।

अनुभव बिनाको मान्छे सीइओ भएपछि यस्तै हुन्छ राष्ट्र बैंकका एक उच्च कर्मचारीले दाबी गरे । अन्य बैंकबाट राम्रा भनिएका कर्मचारीलाई १÷२ पद माथि दिएर महंगो तलब भत्ता दिने अनि गरिब जो करारमा नियुक्त गरिएका छन् । तीनलाई राजिनामा दिन लगाउने कत्ति उचित होला गर्भनर साब ? सचेत भया ।

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

सरकारले आगामी वर्ष दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ।

संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत् सरकारले २०७५/०७६ मा १० प्रतिशत नजिकको वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ।

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउने घोषणा गरेको छ। संसदमा राष्ट्रपतिले वाचन गरेकी आगामी वर्षको नीति तथा कार्यक्रममार्फत् अबको पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउने र सबैमा समान वितरणको नीति अख्तियार गर्ने उल्लेख गरिएको छ।

पूर्ण पाठसहित :

प्रभु पे मोबाइल वालेट मार्फत कोरोना बीमा गर्न सकिने

हाल फैलिँदो क्रममा रहेको कोरोना भाइरसको बीमा सुविधा सुरु भएसँग्े कोरोना बीमा घरमै बसेर गर्न सकिने भएको छ । प्रभु पे मोबाइल वालेट मार्फत कोरोना बीमा गर्न सकिने भएको हो । ३०० रुपैयाँबाट सुरु हुने कोरोना भाइरस बीमा लेख खरिद गर्दा सम्भावित संक्रमणमा पहिलोपटक पोजेटिभ देखाए ५० हजार देखि एक लाखसम्मको आर्थिक सुरक्षा प्राप्त हुन्छ ।

कोरोना बीमा घरमै बसेर गर्न सकिन्छ । लकडाउनका कारण बीमा कम्पनी घरघरमा पुग्न नसक्ने र मानिसहरु बीमा कम्पनीसम्म पुग्न नसक्ने अबस्था आएका कारण मोवाइल वालेट यसका लागि प्रभावकारी बनेको छ । कोरोना बीमा गर्नका लागि प्रभु पे डाउनलोड गरेपछि सजिलै विभिन्न बीमा कम्पनीमा बीमा गर्न सकिन्छ ।

यो बीम लेख खरिद गर्न आफूले चाहेको जुनसुकै बीमा कम्पनी जस्तै : अजोड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, आईएमई इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स तथा युनाइटेड इन्स्योरेन्स मध्येबाट गर्न सकिने छ । त्यसका लागि प्रभु पे बाटै सिधै कोरोना भाइरस बीमा लेख खरिद गर्न सकिन्छ । यसका लागि वालेटमा एउटा फारम भर्नुपर्छ । साथमा हालसालै खिचिएको आफ्नो पासपोर्ट साइजको फोटो र नागरिकताको नक्कल अपलोड गर्नुपर्छ ।

बीमा गर्ने व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भई पीसी आर टेस्ट पोजिटिभ भएको अवस्थामा बीमा लेखमा उल्लेखित सीमा सम्मको प्रतिव्यक्ति रकम प्रस्तावक, निजको परिवार वा नजिकको नातेदारलाई क्षतिपूर्ति प्रदान गरिनेछ । आफूले बीमा गरेको कम्पनीको नजिकैको शाखा कार्यालय, कर्मचारी वा बीमा अभिकर्ताहरुलाई सम्पर्क राखेर पनि योब ीमालेख प्राप्तगर्न सकिन्छ । बीमा सुरु भएको मितिदेखि १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ । कोरोना भाईरसको पीसीआर टेस्ट पोजिटिभभई पुष्टि हुनासाथ दाबीको लागि योग्य हुनेछ ।
१२ महिना अवधिको यो बीमा तीन महिनादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिहरुको गर्न सकिन्छ ।

ग्लोबल आइएमइ बैंकको आर्थिक सहयोग

बिराटनगर महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा ग्लोबल आइएमइ बैंकको बिराटनगर शाखाले आर्थिक सहयोग गरेको छ।

शाखाले कोरोना कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। बिराटनगरका शाखा प्रबन्धक ढुण्डिराज भट्टराई र प्रदेश प्रमुख सुवास सापकोटाले महानगरलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।

महानागरका प्रमुख भीमप्रसाद पराजुलीले सहयोग रकमको चेक बुझेका थिए।
शाखा प्रबन्धक भट्टराईले कोभिड-१९ नियन्त्रण तथा अर्थतन्त्र पुनरुत्थानका लागि वित्तीय क्षेत्रका साथै अन्य क्षेत्रले पनि सहयोग गर्नु पर्ने बताए।

मेट लाईफको नाफा २१ करोड ?

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले चालू आर्थिक वर्षको नौं महिनासम्म २१ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ५ दशमलव ९६ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यो नाफा २० करोड ४६ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष कम्पनीको आम्दानी १३ दशमलव ६८ प्रतिशत बढी रू. ५ अर्ब ४६ करोड ७ लाखभन्दा बढी छ ।

नेपालमा शाखा स्थापना गरी कारोबार सञ्चालन गरेको कम्पनीको चुक्तापूँजी भने उल्लेख भएको छैन् । गत वर्षभन्दा ९ प्रतिशत बढी १७ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ जीवन बीमा कोष रहेको कम्पनीको जगेडा कोष रकम ३४ प्रतिशत बढेर २ अर्ब २९ करोड ९५ लाख रुपैयाँभन्दा बढी रकम कायम भएको छ ।

गत वर्षभन्दा यस वर्ष ७ दशमलव ९० प्रतिशत बढी ३ अर्ब ३० करोड ८८ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेकोमा हाल १३ लाख ६६ हजार ८६५ बीमालेख जारी छ । गत वर्ष १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष २ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । विमितहरुलाई बीमालेख धितोमा यस वर्ष ९६ करोड ४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

एशियन लाइफको नाफामा उच्च सुधार

शिखर इन्स्योरेन्स १ करोड रुपैयाँभन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेठ २ गतेसम्म इन्स्योरेन्सले १ करोड १० लाख रुपैयाँभन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले सो अवधिमा करिब १ हजार ८ सय कोरोेना भाइरस बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क संकलन गरेको हो ।

शिखर इन्योरेन्सबाट हालसम्म २० हजार बढी व्यक्तिले कोरोना भाइरस बीमा गराएका छन् । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोना भाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।

डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेठ २ गतेसम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाईनबाट प्रस्ताव फाराम प्राप्त भएको छ ।

शिखर इन्स्योरेन्सको नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बीमा प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बीमा गराएका छन् ।

शिखर इन्योरेन्सबाट २० हजार बढी व्यक्तिको कोरोना भाइरस बीमा…?

शिखर इन्स्योरेन्स १ करोड रुपैयाँभन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेठ २ गतेसम्म इन्स्योरेन्सले १ करोड १० लाख रुपैयाँभन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले सो अवधिमा करिब १ हजार ८ सय कोरोेना भाइरस बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क संकलन गरेको हो । शिखर इन्योरेन्सबाट हालसम्म २० हजार बढी व्यक्तिले कोरोना भाइरस बीमा गराएका छन् । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोना भाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।

डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेठ २ गतेसम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाईनबाट प्रस्ताव फाराम प्राप्त भएको छ । शिखर इन्स्योरेन्सको नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बीमा प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बीमा गराएका छन् ।

बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप

सरकारले लकडाउनको अवधि थपिएसँगै जीबन बीमा क्षेत्रका ग्राहकहरुलाई थप राहत प्याकेजको घोषणा गरेको छ। सरकारले बीमा समिति मार्फत बीमा कम्पनीहरुलाई छिटो छरितो रुपमा सेवा दिन समेत निर्देशन दिएको छ।

बिहीबार सरकारले गरेको निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन अवधिमा संकलन गर्नुपर्ने जीबन बीमाशुल्क (प्रिमियम) संकलन गर्ने समय आगामी जेठ मसान्तसम्म थप गर्न निर्देशन दिएको जानकारी दिए। यस्तै यो अवधिसम्ममा लाग्ने ब्याज छुट दिन समेत सरकारले निर्देशन दिइएको छ ।

अब लकडाउन अवधि भित्र जीवन बीमाको प्रिमियम वापतको रकम भुक्तानी गर्नुपर्ने बीमितले जेठ मसान्तसम्म भुक्तानी गर्न समय पाएका छन्। यस निर्णयले जेठ मसान्तसम्म प्रिमिय भुक्तानी गर्दा व्याज समेत तिर्नुपर्नेछैन।

बीमा समितिले यस अघि बीमा कम्पनीहरुलाई बैशाख मसान्तसम्म लकडाउन अवधिभर संकलन हुनुपर्ने बीमाशुल्क व्याज नलाग्ने गरी बीमाशुल्क संकलन गर्ने निर्देशन दिएको थियो ।

मेगा बैंक र गण्डकी विकास बैंकको गाभिने निर्णय जेठ २१ गते

मेगा बैंक र गण्डकी विकास बैंकको गाभ्ने÷ गाभिने निर्णय जेठ २१ गते हुने भएको छ ।

मेगा बैंकले साधारण सभामा गण्डकी विकास बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्ने जनाएको छ भने अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्न समेत सञ्चालक समितिलाई अधिकार समेत दिने प्रस्ताव लैजाने भएको छ ।

बैंकले साधारणसभाका लागि जेठ ११ देखि बुकक्लोज गर्नेजनाएको छ । जेठ ९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

यता गण्डकी विकास बैंकले सधारण सभामा मेगासँग विलय हुन स्वीकृति दिने प्रप्ताव लैजाने भएको छ । बैंकले एक बराबर एक सेयर अनुपातमा मेगासँग विलय हुनको लागि साधारण सभाबाट अनुमति दिने भएको छ ।

साधारणसभाका लागि कैंकले जेठ ९ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ ।

२१ गतेको लागि बोलाएका साधारण सभामा दुवै बैंकको आ–आफ्नै कार्यालयमा हुने भएको छ । मेगा बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौं र गण्डकी विकास बैंकको केन्द्रिय कार्यालय चिप्लेढुङ्गा पोखरामा हुने भएको छ

लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत

चिप्लेढुङ्गा- पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब रु चार लाख बराबरको राहत वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रू ५० हजार बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ रु एक लाख ५० हजार र वडा नं १७ मा रु दुई लाखको राहत वितरण गरिसकेको छ वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकका सञ्चालक सिग्देलले पोखरा महानगर९कास्की०बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताउनुभयो । देशका सातै प्रदेशका ६८ शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिनुभयो । रासस